१ मंसिर २०८१ शनिबार
image/svg+xml

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

बिमा समितिले गत असार मसान्तभित्रै जीवन बिमा कम्पनीले दुई अर्ब र निर्जीवनले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र चुक्ता पुँजी पुर्याउन नसकेका बिमा कम्पनीले थप समय माग्दै बिमा समितिमा धमाधम निवेदन दिँदै आएका छन्।

बिमा विधेयक २०७५ संसदमा प्रस्तुत

राष्ट्रिय बिमा प्राधिकरणको स्थापना र बिमा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने मुख्य उद्देश्यसहित सरकारले बिमा विधेयक २०७५ संसद्मा पेश गरेको छ।

पशु र कृषि बिमा २१ गुणा बढ्यो

कृषि र पशु बिमामा किसानको आकर्षण ह्वात्तै बढेको छ। बिमा गर्ने बढेपछि पाँच वर्षमा प्रिमियम बापत सरकारले दिने अनुदान पनि २१ गुणाले बढेको छ।

नेपाली हवाई यात्रुको बिमा रकम अब डेढ करोड

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई यात्रुका लागि खुसीको खबर छ । हवाई मार्गबाट विदेश जाँदा–आउँदा नेपालीको बिमा रकम प्रतियात्रु १ लाख ५० हजार अमेरिकी डलर (डेढ करोड रुपैयाँ) सम्म हुने प्रस्तावलाई संसद पठाउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

शिखरले फाेटाे पत्रकारकाे बिमा गर्ने

शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माइल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा सम्झौता गरेका छन्।

सन्राइज बैंकद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडले बचत खाताका ग्राहकको लागि सुरु गरेको स्वास्थ्य बिमा सुविधा अन्तर्गत भैंसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचार खर्च बापत ८० हजार दुई सय ५६ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन नेपालले उक्त रकम हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गरेका दुईजनाको परिवारलाई बिमा दाबी रकम वितरण गरेको छ।

अपडेटः मकालु एयरको बिमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

बाजुराको हिलाचौरमा मकालु एयरको बिमान दुर्घटना

मकालु एयरको नाइन एन ए जे यु कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ।

करोडौँ मूल्यका केरा नोक्सान ७० प्रतिशत किसान बिमा बाहिर

आईतबार साँझ परेको असिना पानी र हावाहुरीका कारण पुर्वी चितवनमा गरिएको केरा खेतीमा क्षति पुगेको छ । हावाहुरी सहित आएको असिना पानीका कारण केरा खेतीमा करीब २० करोड बराबरको क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए।

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने

एभरेस्ट बैंकले एलआइसी नेपालस“ग बैंकास्योरेन्स संझौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाडौंमा आयोजित एक समारोहमा सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको एलआइसी नेपालको विज्ञप्तिमा उल्लेख छ।

जनप्रतिनिधीलाई स्वास्थ्य बिमा बारे जानकारी

तिला गाउँकार्यपालिका सदस्य वाटु बुढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन्। सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमा बारे जान्ने उत्सुकता थियो। तपाइको स्वास्थ्य हाम्रो अठोट भन्ने मान्यताका साथ जनप्रतिनिधिलाई स्वास्थ्य बिमा कक्ष सञ्चालन भएपछि स्वास्थ्य बिमाका बारेमा स्पष्ट भइन। उनले भनिन, ‘स्वास्थ्य बिमा गराउन आम मतदातालाई सघाउँछु। बिमा गरेर स्वास्थ्य सेवा सुरक्षित गराउनको लागि उत्प्रेरणा दिन्छु।

रिलायन्स लाइफको बाल जीवन बिमा

रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०७५ को अवसरमा ‘मेरो मुटु बाल जीवन बिमा’ योजना ल्याएको छ । एक महिनाको उमेरदेखि बच्चाको बिमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैपटक हुने कम्पनीले जनाएको छ।

नेपाल मेडिसिटीमा नगदरहित स्वास्थ्य बिमा सुरु

नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नेपालीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै ‘नगदरहित स्वास्थ्य बिमा सेवा’ सुरु गरेका छन्।

म्यानचेष्टर डर्बिमा युनाइटेडले मार्‍यो बाजी, पोग्बा नायक

इङलिस प्रिमियर लिगको म्यानचेष्टर डर्बिमामा म्यानचेष्टर युनाइटेडले बाजी मारेको छ। शनिबार राति भएको खेलमा युनाइटेडले म्यानचेष्टर सिटीलाई ३–२ ले हरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्