दक्षिण कोरियाली लडाकु बिमान दुर्घटनाग्रस्त
दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्।
दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहमा जान अनिवार्य गरेजस्तै बिमा समितिले पनि बिमा कम्पनीलाई गाउँगाउँमा जान कडाइ गर्ने भएको छ । आगामी पाँच वर्षभित्र मुलुकका सबै स्थानीय तहमा बिमा कम्पनी पुर्याइ सक्ने समितिको तयारी छ।
नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक ‘क्यासलेस स्वास्थ्य बिमा’ कार्यक्रम ल्याएको छ । मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले बिमा कार्यक्रमका लागि सम्झौता पत्रमा हस्ताक्षर गरे।
एलआइसी नेपालले पेन्सन बिमा योजना ‘जीवन अक्षय–१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका व्यक्तिलाई लक्षित गरेर पेन्सन योजना ल्याएको जनाएको छ ।
भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा बिस्तृत जानकारी पढ्नुहोस् ।
बिमा समिती कर्मचारी युनियनको पाचाै अधिवेशन सम्पन्न भएको छ । बिमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतित्थ्यथामा सम्पन्न युनियनको पाचाँ भेलाले पदमप्रसाद सोडारीको अध्यक्षतामा ९ सदस्य कार्य समिती चयन गरेको छ ।
खोटाङमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन्।
किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् । बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।
सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको छ। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य विमा गरेर जिल्लामा शुरुवात गरिएको हो।
महँगो बन्दै गएको स्वास्थ्य सेवामा आमनागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने भएको छ । स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसद्को मंगलबारको बैठकले पारित गरेपछि आमनागरिकको स्वास्थ्य बिमा गराउने बाटो खुलेको हो ।
मानिस केवल हाडमासुको पुतला होइन, शरीर र मनको एक संयुक्त रूप हो । अर्को शब्दमा भन्ने हो भने मानिसको शरीर भनेको कम्प्युटररूपी हार्डवेयर हो भने मन सफ्टवेयर । त्यसैले मानिसले स्वस्थ र सक्रिय सामाजिक जीवन जिउन मानिसको शरीरमात्र होइन, मन पनि स्वस्थ र निरोगी रहन आवश्यक हुन्छ ।
गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन नहुँदा प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।
बिमा कम्पनीहरुको नियमन निकाय बिमा समितिले व्यापार प्रवद्र्धन गर्ने खर्चमा सीमा (क्याप) लगाएका कारण बिमाको पहुँच बिस्तार हुन सकेको छैन । समितिले बिमा कम्पनीहरुको व्यवस्थापन खर्चको सीमा तोकेका कारण अहिलेसम्म ज्यादै थोरै नागरिकबीच मात्र बिमाको पहुँच पुगेको हो ।
किसानको जोखिम न्यूनीकरण गर्न सरकारले पशु र कृषि बिमालाई प्रोत्साहन गरेको छ। सरकारले पशु र कृषि बिमाको लागि चालु आर्थिक वर्षमा ३५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री कृष्णबहादुर महराले १० जीवन बिमा कम्पनीलाई सञ्चालन स्वीकृति दिएका छन् । युनियन, आइएमई, सिटिजन्स, रिलायबल, ज्योति, महालक्ष्मी, सन नेपाल, सानिमा, स्टार र रिलायन्सले बिहीबार सैद्धान्तिक स्वीकृति पाएका हुन्।