१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

सोलुखुम्बु- सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको छ। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य विमा गरेर जिल्लामा शुरुवात गरिएको हो । विमा कार्यक्रम उद्घाटन गर्दै मेयर नाम्गेल जाङबु शेर्पाले विमित व्यक्तिहरुको उपचारका लागि तोकिएका स्वास्थ्य संस्था तयारी अवस्थामा रहन आग्रह गरे । शेर्पाले भने, ‘तोकिएको स्वास्थ्य सेवा प्रवाहमा चनाखो हुनुपर्नेमा जोड दिदै मेयर शेर्पाले गलत सन्देश प्रवाहवाट सजक हुनुपर्छ।’

८ स्थानीय तह रहेको सोलुखुम्बुका खुम्बुपासाङ ल्हमू गाउँपालिका बाहेकका अन्य स्थानीय तहमा स्वास्थ्य विमाको काम आजैवाट रफ्तारमा अघि बढ्ने जिल्ला समन्वयकर्ता प्रदिपबाबु बस्नेतले बताए। जिल्ला समन्वयकर्ता प्रदिपबाबु बस्नेतले भने, ‘५२ वडा रहेको जिल्लामा हरेक वडामा एक जना दर्ता सहयोगी छनौट गरि विमाको कामलाई तिव्रता दिने भनिएपनि खुम्बुपासाङल्हमू गाउँपालिकामा विमाको काम शुरु गर्न नसकिएको हो ।’ जिल्लाको एक मात्र सोलु–दुधकुण्ड नगरपालीका सहित लिखुपिके, सोताङ, नेचा सल्यान, दुधकोसी, दुधकौसीका, महाकुलुङ गाउँपालीकामा स्वास्थ्य विमा कार्यक्रम लागु हुनेछ। भने खुम्बुपासाङ ल्हमू गाउँपालिका पनि छिट्टै स्वास्थ्य विमाको काम शुरु गर्ने कोशिसमा जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुले जनाएको छ। 

बुधबार सोलुखुम्बु सहित झापा र सुनसरी जिल्लामा समेत स्वास्थ्य विमाको उद्घाटन गरिएको छ । यसअघि १९ जिल्लामा शुरु भएको विमा ३ जिल्ला थपिएसंगै विमा कार्यक्रम औपचारिक रुपमा शुरु हुने जिल्लाको संख्या २२ पुगेको छ । सरकारले चालु आर्थिक बर्षको अन्त्यसम्म ३९ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने लक्ष्य लिईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारी खनालले स्वास्थ्य विमाको सुरुवातिले आर्थिक अवस्था कमजोर परिवारलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएकाले विमाको कामलाई स्थानीय स्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिईन।

सोलु–दुधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत ईन्दिरा थापाले गरिब परिवारका ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकको स्वास्थ्य विमा नगरपालिकाले गर्ने गरि नगर सभाले निर्णय गरेकाले ति बृद्धबृद्धाको संख्या संकलनका लागि दर्ता सहयोगीलाई आग्रह गरीन । अधिकृत थापाले भनीन, ‘परिवार सदस्य ५ जना भित्र नसमेटिएका बृद्धबृद्धाको हकमा मात्र नगरपालिकाको निर्णय लागु हुने छ । ’

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. मिंमार छिरीङ शेर्पाले सर्वसाधरणलाई विमा प्रति आकर्षण गर्ने गरि सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताए । डा. शेर्पाले भने, ‘कमजोर आर्थिक अवस्था भएका परिवारको हक विमा कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास छ।’ 

प्रकाशित: २५ आश्विन २०७४ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App