अन्योलमा स्वास्थ्य बिमा
कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।
कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।
कम्पनीले रिलायबल सुलभ जीवन बिमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयाघातबाट मृत्यु भएपछि उनकी श्रीमती परुदेवी पन्तलाई चार करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ।
जिल्लामा ३० भन्दा बढी इँट्टा उद्योग सञ्चालनमा छन्। तीमध्ये चारवटा मात्रै बालश्रममुक्त छन् र तिनले कामदारको बिमा गरिदिएका छन्। धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ८ मा रहेको यति इट्टा उद्योग र गजुरी गाउँपलिका वडा नं ५ मा रहेको राजधानी इट्टा उद्योगमा बालश्रम मुक्त छ।
यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।
पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा पीडित बनेकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रमअन्तर्गत लक्षित वर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र विद्रोही दुवै पक्षका पीडितले लिन पाउनेछन्।
पूर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्धन्द्धको समयका पीडितहरुलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रम अन्तर्गत लक्षित बर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्।
पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा आफू मातहत रहेका तीन सयभन्दा बढी पत्रकार र तिनका परिवारको पारिवारिक बिमा गरिदिने भएको हो। महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बिमाको सोमबार शुभारम्भ गरिएको छ।
रुपन्देहीमा बिमा बापतको रकमको लोभमा श्रीमानले श्रीमतीको हत्या गरेका छन । रुपन्देहीको सम्मरीमाइ गाँउपालिका ५ की कुसुम लोधलाइ बिमाको रकम हडप्न पाइने लोभमा श्रीमान र देवर मिलेर हत्या गरेको अनुशन्धानबाट खुलेको हो । हत्यामा संलग्न कुशुमका श्रीमान शेलेश कुमार लोध र देवर राजेश कुमार लोधलाइ प्रहरीले पक्राउ गरेको छ ।
कोरोना बिमाका लागि दाबी गरिएका ७ सय वटा प्रस्ताव अयोग्य ठहर भएका छन्। साथै २ हजार दाबी प्रक्रिया नपुगेका र प्रमाणीकरण हुन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाँकी ३ सय वटा बिमा प्रयोगशालाहरूले समयमै बिवरण नपठाएको स्थिति रहेको छ।
प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना पत्रकारहरुको निशुल्क एक बर्षे दुर्घटना बीमा गरेको छ। मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाडौंमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजिटिभ भई बिमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुन सकेको छैन।
कोरोना बिमा गरेकामध्ये १७ हजार दुई सय ३५ ले भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेको समितिले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कोरोना बीमा बापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एक हजार पाँच सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन्।
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लिमिटेड इन्डोमेन्ट बिमा योजना सार्वजनिक गरेको छ ।
युनियन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेखहरूमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ ।