७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

रिलायन्सको नयाँ बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लिमिटेड इन्डोमेन्ट बिमा योजना सार्वजनिक गरेको छ । 

कम्पनीले यो बिमा योजनाअन्तर्गत बिमितले सीमित वर्षको लागि बिमा शुल्क भुक्तानी गरी बिमालेख अवधिभर सुरक्षा पाउन सक्ने जनाएको छ ।

कम्पनीले कथंकदाचित बिमा अवधिमा बिमितको मृत्यु भएमा इच्छ्याइएको व्यक्तिलाई बिमा जारी र बिमा दाबीको समयावधि हेरी बिमांक रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने एक प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ ।

कम्पनीका अनुसार यो योजनामा बिमा अवधि समाप्तिपछि बिमांक रकम र आर्जित बोनस भुक्तानी गरिनेछ । कम्पनीले यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बिमांक रकम ५० हजार कायम गरिएको छ । यस योजनामा बिमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको कम्पनीको भनाइ छ । यो योजनाको बिमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष छ ।

प्रकाशित: २४ कार्तिक २०७७ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App