coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘जनयुद्ध’ का पूर्वलडाकु रुसी सेनामा बेपत्ता

बहुदलीय प्रजातन्त्र स्थापनापछि पनि राज्यले रुकुम जनतालाई नागरिकले पाउनुपर्ने नैसर्गिक अधिकारको अनुभूत गर्ने मौका दिन सकेन।

पूर्वलडाकुको लोभलाग्दो अर्गानिक व्यवसाय

गरिबी, भोक र अशिक्षाले थलिएको परिवारमा जन्मिएका तिला गाउँपालिका– ८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई जीवनको यात्रामा कहाँ पुगिन्छ ? अनुमानै थिएन !

प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

‘पूर्वलडाकुलाई रकम दिने कांग्रेस–एमाले सरकारको निर्णय हो’

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वलडाकुलाई रकम दिने निर्णय २०७१ को सरकारको भएको स्पष्ट पारेका छन्। प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा दाहालले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुंगिएको विषय भएको जिकिर गरे।

ट्रिगर दबाउने हातले कल चलाउँदै पूर्वलडाकु

जुम्ला पोखरी गाउँका मोतिलाल रोकाया (पुस्कर) पूर्व जनशक्ति सेनाका एफजिएल हुन्। उनी २०५९ सालमा भुमिगत भए। सिँधै जनमुक्ती सेनामा भर्ति भए। म्याग्दी, जुम्ला र कुसुमको ठूला फौजी आक्रमणमा सहभागी भए।

ओली समूहले पूर्वलडाकु र शहीद परिवारका नाममा गोहीको आँसु नचुहाए हुन्छः वर्षमान पुन

६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो’, शनिबार सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छहुन्छ भन्दै काम गर्नुभएन। हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं। तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौं।’

'परिवर्तनका लागि लडाइँ अझै बाँकी छ'

पूर्वरुकुमकोटकी जुना मल्ल २०५७ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी थिइन्। विद्यार्थी संगठन हुँदै उनी २०५९ सालमा लडाकु बनिन्।

जलेको घाउ निको भयो तर मनको घाउ उस्तै छ

लामो समय परिवर्तनका लागि लडेकी एक युवती यतिबेला बुटवलस्थित मानव सेवा आश्रममा छिन्। बेलुका अध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइने रोल्पा त्रिवेणी ५ जुगार जबरबोटकी ३२ वर्षिया पूर्वलडाकु निर्मला विक ‘साधना’ यतिबेला शारिरीक रुपले तन्दुरुस्त बन्दै गएकी हुन्।

पूर्वलडाकुको पीडाः पहिले सुरक्षा, अहिले उपेक्षा

लक्ष्मीका श्रीमान् (विष्णुबहादुर) पनि पूर्व लडाकु हुन्। लक्ष्मीका श्रीमान् विष्णुबहादुर जुम्लामा भएको भिडन्तमा दायाँ खुट्टा गुमाउनु प-यो। लक्ष्मीको टाउकामा पनि गहिरो चोट छ। उनै लक्ष्मी मुख्यमन्त्री शाहीलाई भेट्न कालीकोटबाट वीरेन्द्रनगर आइन्। मुख्यमन्त्री तथा तत्कालीन युद्धका कमिसार शाहीलाई भेट्ने ठूलो आशा लिएकी उनी र उनका श्रीमान् विष्णु निरास हुँदै फर्कनु प-यो।

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन्। २०६१ सालमा रुकुमको खारामा भएको लडाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि मरेको ठानेर परिवारले किरिया गरेको थियो।

नारकीय जीवन बिताइरहेकी पूर्वलडाकुको उद्धार

आठ वर्ष अघिदेखि बिरामीले थलिएकी त्रिवेणी–५ जुगार जबरबोटकी ३२ वर्षीया पूर्वलडाकु निर्मला विक ‘साधना’ले उपचार पाउने भएकी छिन्।

युरोप पुगेर न्याय माग्दै पूर्वलडाकु

पूर्वलडाकु लेनिन बिष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका हुन्।

द्वन्द्वकालीन मुद्दा नटुंगिँदा गणतन्त्रको अनुभूति नै भएनः पूर्वलडाकु

वर्गविहीन समाज निर्माण गर्न भन्दै रुकुमबाट सशस्त्र १० वर्षे जनयुद्ध सुरु भएको थियो। देशका विभिन्न चार स्थानका प्रहरी चौकीमा एकसाथ आक्रमण गरी तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो।

युद्धको अर्को खेल सुरु नहोस्

रोल्पा थवाङ –३ मिरुलका खेमप्रसाद बुढा मगरका १० वर्ष तत्कालीन ‘माओवादी जनसेना’ बनेर बिते। यो अवधिमा ज्यानको बाजी लगाएर विभिन्न युद्धमा होमिएका उनी त्यो विगतलाई सम्झनसम्म चाहन्नन्। भन्छन्, ‘त्यो इतिहास सम्झनसम्म मन लाग्दैन।’ १० वर्षसम्म बन्दुक समातेर तत्कालीन राज्यसत्ताविरुद्ध लडेका उनले त्यो लडाइँको महत्व त्यतिबेला बुझे जतिबेला क्यान्टोनमेन्टबाट गलहत्याइए। सेना समायोजनका क्रममा सेना बन्नका लागि उमेर हद नपुगेपछि जनसेनाबाट सामान्य जीवनयापनमा फिरेका उनी अहिले घर निर्माण गर्ने व्यावसायमा छन्। त्यही व्यावसायबाटै रोजीरोटी धानेका उनी भन्छन्, ‘अब यस्ता कुनै पनि लडाइँ नहोउन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्