११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पूर्वलडाकु भन्छन् : फेरियो व्यवस्था फेरिएन अवस्था

देशमा आमुल परिवर्तनको नारा बोकेर सशस्त्र १० वर्ष जनयुद्व सञ्चालन भएको थियो। दस वर्षसम्म भएको युद्वमा रुकुमका हजारौं युवाहरू जनमुक्ति सेनाका रूपमा काम गरेका थिए। समान अवसर र अधिकारका लागि युद्व लडेका पूर्व जनमुक्ति सेनाहरू अहिले भने पुरानै अवस्थामा फर्कन वाध्य भएको बताउने गरेका छन्। जुन सपना र नाराका साथ युद्व भएको थियो त्यो अहिले नेताहरूले सबै छोडेको पूर्व जनमुक्ति सेनाको आरोप छ।

पूर्वलडाकु भन्छन्– जनयुद्ध लड्दा बर्बाद भइयो

‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन्।

मुलुकको राजनीतिबाट निरास

लेकबेंसी नगरपालिका–९ का रमेश पौडेल १६ वर्षकै उमेरमा २०५५ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको ‘सशस्त्र जनयुद्ध’ मा सहभागी बने । द्वन्द्वका बेला भएका अधिकांश युद्धमोर्चामा उनले अग्रभागमा रहेर काम गरे । ‘मृत्यु’ वा ‘मुक्ति’ भन्दै आठ वर्षसम्म बन्दुक बोकेर सयौं युद्धमोर्चामा लडेका पौडेल अहिलेको देशको अवस्था देखेर निरास छन्।

बाल सैन्यको मुद्दा उठाउने लेनिन विष्टलाई विदेश जान रोक (भिडियाे)

सरकारले तत्कालीन माओवादी सेनामा बालसैनिकका रुपमा काम गरेका लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको छ। अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन शुक्रबार बिहान थाइल्यान्ड जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई ‘ब्ल्याक लिस्टमा परेको’ भन्दै त्यसतर्फ जान रोकिएको हो। उनीविरुद्ध अदालत वा प्रहरीमा कुनै मुद्दा नभए पनि सरकारले के कारणले विदेश जान रोक लगाएको हो भन्ने खुलेको छैन।

प्रमुख पदमा भिड्दै पूर्वलडाकु

‘बन्दुकको नालबाटै' सत्ता हत्याउने अभ्यास गर्दै तत्कालीन नेकपा (माओवादी) ले दुई दशकअघि देशमा सशस्त्र युद्ध थाल्यो। ११ वर्षमै देशले ठूलो धनजनको क्षति बेहोर्नुपरेपछि २०६३ सालमा माओवादी पनि शान्ति स्थापनातिरै लम्कियो।

पूर्वलडाकुहरुका लागि पुनःस्थापना केन्द्र

सोमालियाका अल–सबाब सशस्त्र लडाकू समूहका पूर्वलडाकुका लागि दक्षिणी सोमालियाको किस्मायो नगरमा पुनःस्थापना तथा सुधार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

कारागारमा पूर्वलडाकुको मृत्यु

माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ। ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो। मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गट्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्