१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सम्पदा संरक्षण ध्यान दिऔँ

म भ्रमण गर्न असाध्यै मन पराउँछु। मलाई जीवनका  लागि  भ्रमण एक महत्वपूर्ण पाटो हो भन्ने लाग्छ। अझ हामी विद्यार्थीहरूका लागि त भ्रमण एक शैक्षिक उपलब्धी नै हो। हरेक भ्रमणबाट नयाँनयाँ कुरा सिक्न सकिन्छ। अहिले  संसारका धेरै मानिस हजारौँ माइलको यात्रा गरेर विभिन्न देशको धर्म, संस्कृति, रहनसहनका साथै प्राकृतिक सौन्दर्य र इतिहासको खोजी गर्न उत्साहित देखिएका छन्।

चुरे क्षेत्रको दोहन अनियन्त्रित

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा अनियन्त्रित ढंगले उत्खनन भइरहे पनि सम्बन्धित निकाय मौन रहँदै आएको छ। चुरे क्षेत्रका चाँदीखोला, हिलेखोला, डाङडुङे, अल्लाजोर तथा लमाहाखोलामा जथाभावी रूपमा खोलाजन्य पदार्थको उत्खनन हुँदै आइरहेको छ। चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै गिटी, ढुंगा र बोल्डर खोस्रेर दैनिक ठूलो परिमाणमा निकासी हुने गरेको स्थानीयको आरोप छ।

रेडपाण्डा संरक्षणमा चुनौती

दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन्। रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मीडियाको भूमिका विषयमा भएको छलफल कार्यक्रममा सहभागिले  रेड पाण्डा संरक्षणमा चुनौती थपिएकोमा चिन्ता ब्यक्त गरेका थिए।

'फेवाताल जोगाउने यो अन्तिम अवसर'

मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको अस्तित्व संकटमा छ। सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागी गरेको पछिल्लो फैसला जीवनबुटी बनेको बुझाई छ गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीको को। पहारी फेवाताल रहेकै क्षेत्र कास्की ३ (ख) का सांसद हुन्।

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ।

ज्यान जोगाउन डाँफे सशस्त्र प्रहरी पोष्ट झरेपछि...

सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त चरो राष्ट्रिय पंक्षी डाफे थियो। बाजको पञ्जाबाट फुत्केर ज्यान जोगाउन लामावगरको बस्ती नजिक झाडीमा हाम फालेको डाँफे घाइते भइसकेको थियो। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत ईन्द्रजंग हमालका अनुसार २.५ केजी वजन रहेको उक्त पोथी डाँफे खैरो रङको थियो। बाजको आक्रमणका कारण डाँफेको पखेटाका कतिपय प्वांखहरु झरेका थिए भने पुच्छर तर्फको प्वांखको चोट थियो। खुट्टा माथि साप्रामा गहिरो चोट लागेको थियो।

पशुपति क्षेत्रका सम्पदा संरक्षण गर्न पहल

राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ।

ऐतिहासिक कान्द्राङगढी संरक्षणमा नेपाली सेना

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ऐतिहासिक कान्द्राङगढी संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ। नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन शासकहरूका पालामा निर्माण भएको मानिने उक्त गढी संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।

सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन संशाेधनको माग

प्रदेश नम्बर ५ का उद्योग वाणिज्य संघहरुले सरकारले हालै कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा नियमावली र उपभोक्ता संरक्षण ऐन संशोधनको माग गरेका छन्।

पुरीको नमुना जातीय बस्ती निर्माणमा अवरोध

नेपालका सम्पदाको संरक्षणमा जुटेका संरक्षणकर्मी रवीन्द्र पुरीले पनौती–४ चामखर्कमा बनाउन लागेको नमुना जातीय बस्ती ‘बोरिस–शंकर ग्राम’ को निर्माणमा एक समूहले अवरोध गर्न थालेको छ।

पचली भैरव मन्दिर जीर्ण बन्दै

काठमाडौं महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा आसपास क्षेत्रमा जोखिम बढेको छ।

व्यापारिक संरक्षणवादबाट जोगिन क्षेत्रीय सहकार्य आवश्यकः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थतन्त्रमा बेलाबखत देखा पर्ने तनाबहरुको असरको सामना नेपाल एक्लैले गर्न नसक्ने बताएका छन्। विश्वमा पछिल्लो समय देखा परिरहेको व्यापारमा संरक्षणवादी प्रवृतिको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको उनले औल्याएका छन्।

नेपालमा वन्यजन्तु संरक्षणको बेलायतमा प्रशंसा

लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रमा हेलिकप्टर रोक्न र पदयात्रा शुल्क घटाउन माग

गण्डकी प्रदेशका सांसद राजिव पहारीले अन्नपूर्ण संरक्षण क्षेत्रमा बढाइएको पदयात्रा शुल्क फिर्ता लिन माग गरेका छन्। प्रत्येक दुई महिनामा निर्वाचन क्षेत्र भ्रमण गर्ने चुनावी प्रतिबद्धताअनुसार लान्द्रुक र घान्द्रुक भ्रमणमा रहेका सांसद पहारीले संरक्षण क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउन र पदयात्रा शुल्क घटाउन माग गरेका हुन्।

बाल संरक्षणमा अभिभावक नै सचेत हुनुपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बालबालिकाको संरक्षण र विकासका लागि अभिभावक र समाजलाई थप जवाफदेही बनाउन आवश्यक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्