२१ आश्विन २०८१ सोमबार
image/svg+xml

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं २ चाम्बासमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु

आइतबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर पाल्पामा एक जनाको मृत्यु भएको छ। घर नजिकैको साजको रुखबाट लडेर तिनाउँ गाउँपालिका-३, चौकीभञ्याङ्गका ३८ वर्षिय टंकबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या अघिको त्यो अन्तिम पत्र : 'छोराछोरी बचाएर राख्नू, हिम्मत नहार्नू'

‘प्रिय मिना, तिम्रो काखमा मेरो रगतको अस्तित्व छोरो जयन्द्र छ। बैसाखमा कोखको अर्को बच्चा पनि जन्मिन्छ होला। छोरा वा छोरी जे जन्मिए पनि राम्रो स्याहार सुसार गरी बचाएर राख्नु। दुख भयो भनि हिम्मत नहार्नू।’

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ सर्वसाधारणको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विद्युतीय झड्काबाट एकको मृत्यु

दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ। विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिए।

चट्याङ लागेर तीन जनाको मृत्यु

दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। शनिबार परेको चट्याङले जिल्लाको तुलसीपुरमा दुई र घोराहीमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। एकाएक मडारिएको बादलसँगै शनिबार चट्याङ परेको हो।

पत्रकार गेलाङ मृत्यु प्रकरणमा चालक दोषी ठहर

जिल्ला अदालत सुर्खेतले चालकको लापरबाहीका कारण सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको ठहर गरेको छ। जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश प्रलादकुमार योगीको एकल इजलाशले उक्त ठहर गरेको हो।

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्।

निस्सासिएर एक महिलाको मृत्यु

म्लाको कनकासुन्दरी गाउँपालिकामा गोठमा बन्द गरी राखेका गोरु निकाल्न जाँदा एक महिलाको निस्सासिएर मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका २ की अन्दाजी ४६ वर्षकी भोटेनी ऐडीको मृत्यु भएको हो।

दुर्घटनामा आठको मृत्यु

सुनसरी र सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको रामधुनीमा आइतबार बिहान हायस र बस आपसमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका हुन्।

देकोचामा दुर्घटना हुँदा एकको मृत्यु

ख्वप कलेज देकोचा भक्तपुर नजिक सामान बोक्ने गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको मृत्यु भएको छ। चाँंगुनारायणबाट देकोचातर्फ आउँदै गरेको बा १३ च १०५० नम्बरको सामान बोक्ने सानो हात्ती गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुर नगरपालिका–६ का १७ वर्षीय उज्वल कासुलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमान-श्रीमतीलाई बाँधेर लुटपाट, एउटाको मृत्यु

रोल्पाको परिवर्तन गाउँपालिका, ६ भनभनेमा रहेको उपराष्ट्रपती नन्दबहादुर पुनको घर भन्दा अलि तल एउटा घरमा दर्दनाक घटना घटेको छ।

मोटरसाइकल चालकको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृता भेटिएका हुन्।

ट्रक र ट्याक्टर जुँध्दा एकको मृत्यु

वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्