२१ आश्विन २०८१ सोमबार
image/svg+xml

घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

घाँस काट्ने क्रममा लडेर गोरखा नगरपालिका १३ याङ्कोटकी ३७ वर्षिया विष्णु बिकको बिहिवार ज्यान गएको छ।

तीन दिनदेखिको आन्दोलन सहमतिमा टुंगियो

टिप्परको ठक्करबाट युवकको मृत्यु भएपछि तीन दिनदेखि वीरेन्द्रनगरमा जारी आन्दोलन बिहीबार पाँच बुँदे सहमतिमा टुंगिएको छ।

निर्भया प्रकरणः फाँसी दिन तीन दिन बाँकी, राष्ट्रपति सपक्ष दया याचना माग

निर्भया बलात्कार र हत्या प्रकरणमा अर्का एक अभियुक्त विनय शर्माले राष्ट्रपति रामनाथ केविन्दसंग दया याचना मागेका छन्। दोषीका वकिल एपि सिंहका अनुसार विनयको उपचारको याचना खारेज भएको छ।

रुपन्देहीमा बोराको थुप्रोले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु

रुपन्देहीमा बोराले च्यापेर एकै परिवारका चार जनाको ज्यान गएको छ।

टिप्परले किच्दा एकको मृत्यु

वीरेन्द्रनगरमा टिपरले किच्दा मंगलबार बिहान एकजनाको घटनास्थलमै मृत्यु भएको छ। वीरेन्द्रनगरस्थित रत्न राजमार्ग खण्डमा बाङेसिमलदेखि मंगलगढी आउँदै गरेको टिपरले किच्दा कालीकोट महावै गाउँपालिका–३, सिमखेत घर भएका २० वर्षीय केशर सिंहको मृत्यु भएको हो।

रुपन्देहीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु ९ घाइते

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

माटोको खानीमा पुरिएर सासु-बुहारीको मृत्यु

सिगाचौमा रातो माटोको खानीमा पुरिएर सासु बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षकी सासु नाक्चु सुनार र २५ वर्षिया बुहारी स्यानु सुनारको मृत्यु भएको प्रहरी प्रमुख डिएसी लालबहादुर धामीले जानकारी दिए।

जलेर घाइते अनिताको मृत्यु

श्रीमानले शरिरमा पेट्रोल छर्किदिएपछि जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ की २३ वर्षिया अनिता यादवको आइतबार उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार चुलोमा खाना पकाईरहेकी अनिताको शरिरमा श्रीमान विनोदले पेट्रोल खन्याइदिएका थिए।

कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु, ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

चीनमा कोरोना भाइरस संक्रमितको उपचार संलग्न एक डाक्टरको निधन भएको छ। चिनियाँ सञ्चार माध्यम सिजिटिएनकाअनुसार ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।

बाल्टिनमा डुबेर मृत्यु !

जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ। नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।

छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीयको मृत्यु

मकवानपुरको एक रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ। उपचारको क्रममा काठमाडौं ल्याइएका आठै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता कीरण बर्जाचार्यले पुष्टि गरिन्।

बंगलादेशमा १० जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।

तीन शिशुको मृत्यु प्रकरण : सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष

लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्