२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा १० जनालाई मृत्युदण्डको सजाय

बंगलादेश – बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका मेट्रोपोलिटन सेसन अदालतका न्यायाधीश मोहम्मद रविउल अलामको निर्णयबाट उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

सजाय सुनाइएका सबैजना प्रतिबन्धित हर्कात उल जिहाद अल इलामिका सदस्य हुन्। उक्त समूहले कम्युनिस्ट पार्टीलाई मुस्लिम विरोधी शक्तिका रूपमा हेर्ने गर्छ। सन् २००१ जनवरी २० मा ढाकामा भएको -यालीमा उक्त समूहले बम हमला गर्दा पाँच जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए।

मृत्युदण्डको सजाय सुनाउँदै न्यायाधीशले अनुसन्धानबाट उक्त समूहका पूर्वनेता बम हमलामा जिम्मेवार पाइएको र तर उनी सन् २०१७ मै फरक आक्रमणमा दोषी ठहर गर्दै   मृत्युदण्ड दिइएको थियो। उक्त समूह सन् १९९२ मा बंगलादेशमा स्थापना भएको थियो।

बंगलादेश सरकारले मुलुकभित्र आतंकवादी गतिविधि सञ्चालन गरेको र क्षेत्रीय आतंकवादी समूहसँग सम्पर्क कायम गरेको भन्दै सन् २००५ मा उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो। मुस्लिम बाहुल्य बंगलादेशमा पछिल्लो समय प्राज्ञिक, नास्तिक र उदारवादीहरूमाथि सिलसिलावर हमला हुने गरेको छ। केही कंट्टरपन्थी समूहले दक्षीण एसियन मुलुकमा मुस्लिम कानुन लगाउन चाहेका छन्।

प्रकाशित: ७ माघ २०७६ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App