२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अटो दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

दयपुरमा अटो दुर्घटनामा पर्दा खोटाङका एक जनप्रतिनिधिको मृत्यु भएको छ। उदयपुरको बेलटार–बंशिलाघाट सडक खण्डमा अटो दुर्घटना हुँदा खोटाङ जन्तेढुंगा गाउँपालिका १ का वडा सदस्य ३५ वर्षीय गणेश खड्काको मृत्यु भएको हो।

घरको बरण्डाबाट खसेर मृत्यु

उदयपुरमा घरको बरण्डाबाट खसेर एकको मृत्यु भएको छ। गत बिहीबार आफ्नै घरको बरण्डाबाट खसेर गम्भीर घाइते भएका जिल्लाको कटारी नगरपालिका ६ चुहाडका २७ वर्षीय दिवस कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अबुधाबी बस दुर्घटना : तीन नेपाली महिलाको मृत्यु

युएईमा कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ।

पाईपमा चिप्लिएर एक महिलाको मृत्यु

खानेपानी पाईमा चिप्लिएर एक महिलाकाे मृत्यु भएकाे छ। गोरखाको भिमसेन थापा गाउँपालिका-६ कि ४५ वर्षिया सिता सिम्खडाको मृत्यु भएको हाे।

बझाङमा चिसोले दुईजनाको मृत्यु

चिसोले बझाङमा दुईजनाको मृत्यु भएको छ। चिसो बढेपछि कठ्याङ्रिएर बझाङको जयपृथ्वी नगरपालिका–२ का ७९ वर्षीय पृथ्वीभान खड्का र मष्टा गाउँपालिका–१ की ८३ वर्षीय भुलीदेवी खड्काको मृत्यु भएको हो।

सुत्केरीको मृत्यु भएपछी शिशुको बिचल्ली

गत बुधबार जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १० जिउला गाउँकी धनरुपा विश्वकर्माको सुत्केरी हुँदा अत्यधिक रक्तश्राप भएर मृत्यु भयो। उनलाई जिल्ला अस्पताल ठिनी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो। मृत्यु पश्चात अहिले उनको नवजात शिशुको बिचल्ली भएको छ।

प्रहरी हवल्दार मृत्यु प्रकरण : छानबिन टोली घटनास्थलमा

जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ।

मुसर्रफलाई मृत्युदण्ड दिने फैसला रद्द

पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने भन्ने यसअघिको निर्णयलाई पाकिस्तानस्थित एउटा अदालतले उल्टाइदिएको छ।

हात्तीको आक्रमणबाट ८० वर्षिया वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट पश्चिम मकवानपुरको मनहरीकी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका ३, मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङमा विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु भएको छ। लडेपछि गम्भीर घाइते भएका ४६ वर्षीय सार्की गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।

घिरिङमा यात्रुबाहक बस दुर्घटना: दुईको मृत्यु, १७ जना घाइते

तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको छ। दुघ६नामा १७ जना घाइते भएका छन्।

कारबाहीमा आलटाल, पीडितको जाहेरी दर्ता भएन

लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न आलटाल भइरहेको पीडित पक्षले बताएको छ। पीडितले दिएको जाहेरी चार दिन बितिसक्दा पनि दर्ता भएको छैन।

‘छोरालाई जलाएर हाम्रो साहारा खोस्ने को हो?’

धादिङको थाक्रे गाउँपालिका वडा नं २ उज्यालो गाउँकी सरस्वती कार्कीको परिवार शोकमा डुबेको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ न रातमा निन्द्रा।

अभियुक्तलाई मृत्युदण्ड दिने मिति तोकियो

सन् २०१२ डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारपछिको हत्यालाई लिएर भारतभर व्यापक विरोध प्रदर्शन भएको थियो। यो घटनाको विश्वभर आलोचना भएपछि भारत सरकार बलात्कारविरोधी कानुन बनाउन बाध्य भएको थियो।

दुर्घटनामा कांग्रेस महासमिति सदस्यको मृत्यु

बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर चौकमा मंगलबार विहान बस र ट्रक एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना हुँदा नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्