३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तीन दिनदेखिको आन्दोलन सहमतिमा टुंगियो

सुर्खेत - टिप्परको ठक्करबाट युवकको मृत्यु भएपछि तीन दिनदेखि वीरेन्द्रनगरमा जारी आन्दोलन बिहीबार पाँच बुँदे सहमतिमा टुंगिएको छ। कालिकोटको महावै गाउँपालिकाका २१ वर्षीय युवक केशर सिंहको मंगलबार वीरेन्द्रनगरको सुर्खेत जुम्ला सडक खण्ड अन्र्तगतको पतेनी चोक नजिकै भे१ख २२४२ नम्वरको टिप्परको ठक्करबाट मृत्यु भएको थियो।

ठक्कर दिने टिप्पर चालक राजकुमार बोहरालाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आफन्तहरु आन्दोलित थिए। आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कफ्र्यु जारी गर्नु परेको थियो। जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा पीडित पक्षले टिपर चालक बोहराविरुद्ध किटानी जाहेरी दिने, पीडित पक्षलाई कानुन अनुसारको क्षतिपूर्तिका साथै थप राहतका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने, शवको पोष्टमार्टम गर्ने र भइरहेका आन्दोलन फिर्ता लिने सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारीले आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चका लागि पनि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए। मृतकका आफन्त जनक सिंहले टिप्पर चालकलाई हदैसम्मको कारवाही गर्नुका साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि आन्दोलन फिर्ता लिएको बताए। मृतक सिंहका बुवा लालबहादुर सिंहले बिहीबार कर्तव्य ज्यान अन्र्तगत जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

प्रकाशित: १६ माघ २०७६ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App