३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्भया प्रकरणः फाँसी दिन तीन दिन बाँकी, राष्ट्रपति सपक्ष दया याचना माग

नयाँ दिल्ली - निर्भया बलात्कार र हत्या प्रकरणमा अर्का एक अभियुक्त विनय शर्माले राष्ट्रपति रामनाथ केविन्दसंग दया याचना मागेका छन्। दोषीका वकिल एपि सिंहका अनुसार विनयको उपचारको याचना खारेज भएको छ।

यसअघि मुकेशको दया याचना जनावरी १ मा राष्ट्रपतिले खारेज गरेका थिए। यस फैसलाको न्यायिक समिति लगायत सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। अब केबल अक्षय सिंह र पवन गुप्तासंग दया याचनाको विकल्प बाँकी छ। दोषीलाई मृत्युदण्ड दिने आदेश फेब्रुअरी १ बिहान ८ बजे राखिएको छ।

पीडा हुनु दया गर्ने आधार हुन सक्दैनः  सर्वोच्च अदालत
  मुकेशले  न्यायिक पुनरावलोकनको लागि दया याचनाको विरुद्ध सर्वोेच्च अदालतमा मुद्दा हालेका थिए। सर्वोच्च अदालतले बुधवार मुकेशको मुद्दामा भन्यो, गृह मन्त्रालयले जनवरी १  मा दिल्ली सरकारले मोहर लगाएका सम्पूर्ण खामहरुमा भेटिएका सबै कागजातहरु राष्ट्रपति समक्ष दया याचना सहित राखेका थिए। यसमा तल्लो तहको अदालत, उच्च अदालत र सर्वोच्च अदालतको निर्णय पनि समावेश थियो। यातना दयाको लागि आधार हुन सक्दैन।

मुकेश सिंहको सबै विकल्पहरु सक्किसकेको छ। पवन गुप्तासँग अझै दुबै विकल्पको उपचारात्मक याचना र दया याचना बाँकी छ। दोषी अक्षय ठाकुरले सर्वोच्च अदालतमा उपचारात्मक याचना दायर गरेका छन्।

प्रकाशित: १६ माघ २०७६ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App