७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीयको मृत्यु

काठमाडौं - मकवानपुरको एक रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ। उपचारको क्रममा काठमाडौं ल्याइएका आठै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता कीरण बर्जाचार्यले पुष्टि गरिन्।

उनकाअनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएका आठ जनाकोे मृत्यु भएको हो। सोमबार थाहा नगरपालिका ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए। मृत्यु हुने भारतीयको पहिचान भने भैसकेको छैन। एउटै काेठामा सुतेका उनीहरु निस्सासिएर बेहास भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित: ७ माघ २०७६ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App