२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निस्सासिएर एक महिलाको मृत्यु

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिकामा गोठमा बन्द गरी राखेका गोरु निकाल्न जाँदा एक महिलाको निस्सासिएर मृत्यु भएको छ। कनकासुन्दरी गाउँपालिका २ की अन्दाजी ४६ वर्षकी भोटेनी ऐडीको मृत्यु भएको हो।  

जिल्ला प्रहरी प्रमुख डिएसपी लालबहादुर धामीले मालिकाबोता गाउँकी ऐडीको एकतले गोठमा सोमबार बेलुकी १० बजेतिर आगो लागेको बताए। उनले भने,‘गोठमा आगो लागेपछि ऐडी त्यहाँ रहेका पशुवस्तुलाई उद्दार गर्न गएकी थिइन्। उल्टै आफै निस्सासिएर मृत्युको सिकार बन्नु पर्‍यो।’

आगोमा परी उनको त्यहीँ निधन भयो। आगलागीबाट एक गोरु र एक कुखुरा समेत जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको र मुचुल्का उठाउन घटनास्थल तर्फ प्रहरी निरीक्षकसहित सात जनाको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

 

प्रकाशित: २१ माघ २०७६ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App