४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल चालकको मृत्यु

लम्की - कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृता भेटिएका हुन्।

चुहामा व्यापार गर्दै आएका चौधरी लम्कीबाट घर जाने क्रममा राति गुलरा सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ। चौधरीको मृत्युपछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन्।  शव पनि राजमार्गबाट उठाइएको छैन। मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।

प्रकाशित: १८ माघ २०७६ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App