१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ठेकेदार भागेपछि सडक निर्माण अलपत्र

म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र पारेर ठेकेदार भागेपछि सडक निर्माण बीचैमा रोकिएको छ।

पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी

सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम अघि बढ्ने भएको छ। सडक विस्तारको काम लामो समयसम्म पनि अगाडि बढ्न नसकेपछि स्थानीयवासी आन्दोलित बनेका थिए। सडक विस्तारको काम अगाडि बढ्ने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ।

राजस्व छलीमा समानान्तर निर्माण सेवामाथि अनुसन्धान

सत्ता र शक्तिको प्रयोग गरी ठूला ठेक्का आफ्नो पक्षमा पार्दै आएको समानान्तरले राजस्व समेत छली गरेको सूचनाका आधारमा अनुसन्धान सुरु गरेको विभागका एक उच्च अधिकारीले बताए।

मुक्तिनाथ बैंकको आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले ललितपुरको गोदावरी नगर पालिका–१ स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्ले निर्माणको लागि १७ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ।

भूकम्प प्रतिरोधी भवन निर्माणका अभियन्ता आर्किटेक्ट प्रजापति सम्मानित

मौलिक निर्माणमा जोड दिँदै आएको सो कन्सल्टेन्सीले तयार गरेको पुरस्कृत डिजाइन उत्कृष्ट रहेको वरिष्ठ इञ्जिनियहरु सुदर्शनराज तिवारी, भरत शर्मा र जीवराज पोखरेलको टोलीले उत्कृष्ट घोषणा गरेको थियो।

कहिले आउँला रेल?

भारतको बथनाहा-कटहरी रेलमार्ग निर्माण हुन थालेको करिब ८ वर्ष भइसकेको छ। बथनाहादेखि कटहरीसम्म रेलको लिक पनि बिछ्याइसकिएको छ।

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो। समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ।

पुनर्निर्माणमा प्रगति

सरकार हाँक्नेहरूले आर्थिक र राजनीतिक लाभहानि बिर्सेर मुलुक पहिलो हो भन्ने भावनाका साथ काम गरे भूकम्पपछिको पुनर्निर्माणमा जस्तै नियमित भौतिक पूर्वाधारका सरकारी काममा पनि नतिजा देखाउने सकिनेमा कुनै शंका छैन।

विनाशलाई अवसरमा बदल्न सफल भयाैंः प्रधानमन्त्री

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो। २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धी, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो।

भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकाय सन्तुष्ट

२०७२ सालको भूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पका कारण करिब सात खर्ब रूपैयाँबराबरको क्षति भएको थियो। प्राधिकरणले भूकम्पले क्षतिग्रस्त ६ हजार ६ सय ४७ विद्यालय, ७ सय ५१ स्वास्थ्य चौकी र ३ सय ८८ वटा सरकारी भवन निर्माण गरेको बताएको छ। त्यसैगरी ७ सय ६४ किलोमिटर सडक र १५ सय खानेपानीका संरचना निर्माण गरिसकेको छ।

भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।

राष्ट्रिय निर्माण दिवस: भेरी अस्पतालका बिरामी र सुत्केरीलाई फलफूल वितरण

१४औं राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपालगन्जस्थित भेरी अस्पतालमा रहेका अशक्त, असहाय बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको छ।

भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो। तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ।

बंकरयुक्त निवास

आफ्ना निवास, सवारी साधन र अन्य खर्चमै बजेट सक्ने हो भने आमनागरिकमा निराशाबाहेक अरू केही बाँकी रहने देखिँदैन। बंकरयुक्त निवास होइन, जनताको मनमा बस्ने नेतामात्र अमर हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्