४ वैशाख २०८१ मंगलबार
अर्थ

भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्। 

भुकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए। 

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यावाद व्यक्त गरे।

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताए। उनले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए। त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताए। 

मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताए।

प्रकाशित: २२ मंसिर २०७८ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App