नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले सातै प्रदेशबाट उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।
यी हुन् कांग्रेसका उम्मेदवारहरूः
कोशी प्रदेश
सुनिलबहादुर थापा (अन्य)
मधेश प्रदेश
धमेन्द्र पासवान (दलित)
रञ्जित कर्ण (अपांगता/अल्पसंख्यक)
बागमती प्रदेश
गीता देवकोटा (महिला)
गण्डकी प्रदेश
जगत तिमिल्सिना (अन्य)
लुम्बिनी प्रदेश
वासुदेव जंगली (अपांगता/अल्पसंख्यक)
चन्द्रबहादुर के.सी. (अन्य)
कर्णाली प्रदेश
ललितजंग शाही (अन्य)
सुदूरपश्चिम प्रदेश
खम्मबहादुर खाती (अन्य)
कांग्रेस, एमाले र अन्य दलहरूबिच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला दलहरूले उम्मेदवार टुंगो लगाउन थालेका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुँदैछ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
प्रकाशित: २३ पुस २०८२ १२:२८ बुधबार





-600x400.jpg)