२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओली भन्छन्: निर्वाचन शान्तिपूर्ण रुपमा भयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि आज जारी निर्वाचन अहिलेसम्म शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्।

ओलीले मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै निर्वाचनले देशलाई सही दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।

ललितपुरको बालकोटस्थित मतदान केन्द्रमा मतदान गरेपछि उनले भने, ‘अहिलेसम्म मैले यस मतदान केन्द्रमा आउँदा शान्तिपूर्ण वातावरणमा उत्साहजनक ढंगले मतदान भइरहेको पाएँ। विभिन्न ठाउँमा सोध्दा ओखलढुंगामा कति पुष्ट वा अपुष्ट हो, एक ठाउँमा अलिकति अशान्तजस्तो सुनियो, अन्यत्र कतै केही सुनिएको छैन। यो राम्रो कुरा हो। सबैतिर शान्तिपूर्ण भएको सुन्नमा आएको छ।’

ओलीले बाँकी मतदान पनि अत्यन्तै शान्तिपूर्ण रूपमा सम्पन्न हुने आशा व्यक्त गरे।

उनका अनुसार यस निर्वाचनले देशमा शान्ति–सुव्यवस्था कायम गर्नुपर्ने र संविधानलाई पुनः सही ट्र्याकमा ल्याउनुपर्ने आवश्यकता छ।

ओलीले भने, ‘यस निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना र अराजक क्रियाकलाप एवं हिंसात्मक प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्छ। लोकतान्त्रिक बाटोबाट संविधानलाई फेरि ट्र्याकमा ल्याएर सुशासन र विकासमा देशलाई अघि बढाउनुपर्छ। शान्ति–सुशासनको पक्षमा रहेका अनुभवी र लोकतान्त्रिक शक्तिलाई अत्यधिक मतले जिताउनुपर्छ।’

प्रकाशित: २१ फाल्गुन २०८२ १७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App