२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सफल निर्वाचनप्रति खुसी हुँदै बेइजिङले भन्यो: चीन सधैं नेपालको साथमा उभिएको छ

फाइल तस्बिर : प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ विदेशमन्त्री वाङ यी

चीनले प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएको छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले एक सन्देश जारी गर्दै निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका हुन्।

राजदूत माओमिङले नेपालमा शान्तिपूर्ण, व्यवस्थित र सहज रूपमा निर्वाचन सम्पन्न हुनु सकारात्मक भएको बताए। ‘नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सहज प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएकोमा बधाई छ। नेपाली जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा हार्दिक बधाई,’ एक्समा उनले भनेका छन्।

उनले निर्वाचन सफल पार्न नेपाली अधिकारीहरू र सबै क्षेत्रका जनताले गरेको प्रयासको प्रशंसा समेत गरेका छन्। ‘यस निर्वाचनको लागि नेपाली अधिकारीहरू र सबै क्षेत्रका जनताले गरेको महान् प्रयासलाई पूर्ण रूपमा ध्यान दिनुपर्छ,’ राजदूत माओले उल्लेख गरेका छन्। 

चीनले नेपालको स्थिरता र समृद्धिको कामना गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाएको छ। माओले थपे भनेका छन्, ‘नेपालको स्थिरता, विकास र समृद्धि, र नेपाली जनताको खुसी, स्वास्थ्य र सफलताको कामना। चीन सधैँ नेपालको साथमा उभिएको छ।’

प्रकाशित: २१ फाल्गुन २०८२ २१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App