५ पुस २०८१ शुक्रबार
image/svg+xml

जमिन सरकारी, लालपुर्जा व्यक्तिका नाममा

बिघा जमिन ऐलानीको रूपमा जोतभोग गरिरहे पनि भित्रभित्रै अमुक व्यक्तिको नाममा लालपुर्जा बनिसकेको छ कि भनेर स्थानीय त्रासित छन्।

सरकारी जमिन फिर्ता गराइने

सरकारी जमिन भए पनि भित्रभित्रै व्यक्तिको नाममा लालपुर्जा बनेको फेला परेपछि उक्त कीर्ते लालपुर्जा खारेजीको प्रक्रिया अगाडि बढाइएको छ ।

विस्थापित २४ परिवारलाई लालपुर्जा

लामो समयदेखि जोखियुक्त बस्तीमा बस्दै आएका पीडित स्थानान्तरण गरिएको जग्गाको धनीपुर्जा पाएसँगै खुशी भएका छन्।

भूकम्पबाट विस्थापित २४ परिवारलाई लालपुर्जा

भूकम्पबाट विस्थापित भएका ओखलढुंगाका २४ घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ। चिशंखुगढी गाउँपालिका–८ माम्खा भडारेका विस्थापित २४ घर परिवारलाई जग्गा खरिद गरी लालपुर्जा प्रदान गरिएको हो।

भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कानुनी व्यवस्था गर्न माग

राष्ट्रिय सभाका सांसदहरूले भूमिहीनलाई लालपुर्जा वितरण गर्नका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौंको मुआब्जा र लालपूर्जाबारे सहरीमन्त्रीले बैठकमै यसरी सुनाए

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास अन्र्तगत परेका ४ सय २६ रोपनी जग्गाको मुआब्जा दिईसकिएको जानकारी दिएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्राविधिक समितिको आईतबार बसेको संयुक्त बैठकमा मन्त्री राईले यस्तो जानकारी गराएका हुन्।

नेपाल ट्रस्ट अदालत जाँदै

गैरकानुनी रुपमा व्यक्तिका नाममा लालपुर्जा बनाई बाँडिएको एक सय ७३ रोपनी पाँच पैसा जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्ट सक्रिय भएको छ। ट्रस्टले आफू जग्गाधनी रहेको जग्गा मोहीका नाममा गराउन भएका गैरकानुनी कामको प्रमाण संकलन गरिरहेको छ। तथ्य संकलन भएपछि प्रमाणका साथ अदालतमा मुद्दा दायर गर्ने ट्रस्टले जनाएको छ।

लालपुर्जा नहुँदा सुविधाबाट वंचित

लालबहादुर नेपाली नारायण नगरपालिका–१ स्थित रातीमाटे गाउँमा बस्न थालेको झन्डै पाँच दशक भयो। त्यहाँ बस्न थालेदेखि नै उनले आफ्नो घर रहेको जमिनको लालपुर्जा बन्ने आशा राखेर नेताका घर र कार्यालय धाइरहेका छन्। लालपुर्जा नपाए पनि उनले हरेस खाइसकेका छैनन्। दलित समुदायका १६ घरधुरी रहेको रातीमाटेमा अहिलेसम्म कसैसँग लालपुर्जा छैन।

लालपुर्जा नदिए आन्दोलन

रसुवाका भूमिहीनले जिल्लामा रहेका भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। जिल्ला भूमि अधिकार मञ्च (रसुवा)ले यस्तो माग राख्दै बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलमार्फत प्रधानमन्त्री एवं प्रदेश ३ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो।

वर्षौंदेखि लालपुर्जाको पर्खाइ

हरेकपटकका निर्वाचनमा लालपुर्जा मुख्य एजेन्डा बन्यो रुपन्देहीको रुद्रपुर गाउँमा। २०५४ देखि २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लालपुर्जा पाउने आसमा यहाँका जनताले मत दिए। तर, दुई दशक बित्दा पनि पनि लालपुर्जा हात लागेको छैन।

गणतन्त्रमा बिर्ता

राजा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट जितेपछि आफूसँगै आएका नातेदार र सहयोगीलाई रसुवा र नुवाकोटका विभिन्न ठाउँका खेतीयोग्य जग्गा बिर्ताका रूपमा बाँडेका थिए। किसानले जोतभोग गर्दै आएका जग्गा किसानको स्वीकृतिविना नै राजाले आफ्नो सहयोगीलाई वितरण गर्दा किसानहरू समस्या भोगिरहेका छन्। पुस्तौँ पहिलेको बिर्ता समस्या अहिलेसम्म पनि समाधान हुन सकिरहेको छैन। किसानहरू जमिन जोतिरहेका छन्, जीविका त्यही खेतीपातीबाट धानिरहेका छन्, तर उक्त जमिनको स्वामित्व (लालपुर्जा) नहुँदा किसानहरू विभिन्न समस्या भोग्न बाध्य छन्।

स्वेच्छाले भोट हाल्न पाउँदैनन् दलित समुदाय

खत्याड गाउँपालिका ४ हिगोठीका जयलाल सार्कीको परिवार पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेको छ। सदियौंदेखि जमिनदार अर्थात् रिथी (काम गरेबापत जग्गा उपलब्ध गराउने व्यक्ति) ले दिएको जमिनमा घर बनाएर बसेका छन्। घर बनाएपनि लालपुर्जा भने उनको नाममा छैन।

लालपुर्जाविहीन सहर

पाल्पाको सबैभन्दा ठूलो उपत्यका हो– रामपुर। रामपुर नगरपालिकाले जिल्लाको पहिलो व्यापारिक केन्द्रको पहिचान बनाउँदैछ। तर त्यही ठूलो रामपुर उपत्यकाका मुख्य बजारहरू बेझाड, किसानबारी, विजयपुर लालपुर्जाविहीन छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्