६ आश्विन २०८१ आइतबार
image/svg+xml

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ। चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो।

रसुवागढी नाका जोड्ने सडकमा डेढ वर्षभित्र ३२ वटा पुल निर्माण सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ। ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन्। हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ।

भन्सार जाँचपासपछिको परीक्षण सीमा घटाउन माग

‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन बढीमा १एक वर्षको समय सीमा कायम गर्नुपर्छ,’ मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले भने, ‘मुद्दामा गएका पैठारीलाई छिट्टो छिनोफानो गर्न जरुरी छ।

दुई देशबीचको व्यापारलाई सहज बनाउन सडक स्तरोन्नति

नेपाल–चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्मित मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गत कात्तिकदेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमै सोचेभन्दा राम्रो प्रगति भएको छ।

एकै दिन तीन नयाँ व्यवसाय सुरु

कोरोना रोक्न लकडाउन भएपछि उद्योग, व्यवसाय चौपट भएर व्यवसायी निराश थिए। लकडाउन खुलेसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको छ भने युवाहरूले लगानी पनि गर्न थालेका छन्। मंगलबार एकै दिन धरानमा तीनवटा नयाँ व्यवसाय सुरु भएको छ। तीनैवटा व्यवसाय धरानका युवाले लगानी गरेका हुन्।

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

लकडाउनले साना व्यापारलाई नराम्री प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन्। ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेका हुन्।

भारतसँगको व्यापारमा नयाँ आयाम

नेपालको दक्षिणी मुलुक भारतसँगको कुल व्यापारमा सबैभन्दा धेरै अंश जोडिएको नाका हो वीरगन्ज । दुई मुलुकबीचको व्यापारिक गतिविधिलाई सहजिकरण गर्न वीरगन्ज नाकामा सरकारले दुई प्रमुख पूर्वाधार बनाएर संचालनमा ल्याएको छ । समयक्रमसँगै ती पूर्वाधारहरू साना, साघुँरा र सूचना प्रविधिमैत्री नभए पछि सरकारले फेरी पूर्वाधार विस्तार गर्ने योजना बनाएको छ ।

रसुवागढी आइसिपीको ५० प्रतिशत काम सकियो

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५० प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको दुई वर्षमा उक्त प्रगति भएको हो।

हिमालय र यती एअरलाइन्सबीच सहकार्य

हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्।

आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित

कोरोना संक्रमणका कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको हो।

विदेशकै जस्तो बेलहिया–बुटवल सडक

६ लेनको फराकिलो सडक । दाँयाबाँया सर्भिस लेन । पैदल यात्रुका लागि दुवैतर्फ फुटपाथ । मुख्य र सर्भिस लेनको बिचमा बनाइएको हरियाली फूलबारी । ठाउँठाउँमा बाटो क्रस गर्न बनाइएका अपांगमैत्री आकासे पुल ।

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

‘व्यापार सुरु गर्दा ज्यालादारी काम गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन्,’ उनले भनिन्। व्यापार घाटा हुँदा ज्यालादारी काम गर्न बाध्य भएको उनले बताइन्। ‘एक/दुई दिन भए पनि व्यापार राम्रो चलेको थियो। लकडाउनले बन्द गरायो,’ उनले भनिन्, ‘त्यतिबेलाको घाटा उठाउन सडकमा काम गर्न थालेँ।’ उनीजस्तै सोही गाउँकी दुर्गा रिजालको पनि उस्तै पीडा छ।

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आज

दुई देशको व्यापार र पारवाहन सन्धिमा भएका व्यवस्थाको पुरनावलोकन गर्न नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठक सोमबार (आज) सुरु हुँदैछ ।

केन्याको अवैध बजारमा बालबालिकाको व्यापार

रेबेकाको छोरालाई राति थुतेर लगियो। उनी अझै पनि आफ्नो छोरो फर्काउने आशामा छिन्। रेबेकाको छोरो १० वर्षको भइसकेको छ। उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्