६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आज

दुई देशको व्यापार र पारवाहन सन्धिमा भएका व्यवस्थाको पुरनावलोकन गर्न नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठक सोमबार (आज) सुरु हुँदैछ । हरेक दुई वर्षमा हुने बैठक कोभिडको कारण आठ महिना ढिला हुन लागेको हो ।

दुवै देशका वाणिज्य मन्त्रालयका सह–सचिव नेतृत्वको अन्तरसरकारी उपसमितिको बैठकमा भएका छलफलका अजेन्डालाई सचिवस्तरीय बैठकले अन्तिम रूप दिनेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल र भारतीय समकक्षी अनुप वाधवानले टोलीको नेतृत्व गर्नेछन् । यसअघि २०७५ वैशाखमा काठमाडौंमा नेपाल–भारतका वाणिज्य सचिवहरूको बैठक भएको थियो ।

दुई देशका प्राविधिक समितिमा व्यापार र पारवहन सन्धिमा भएका विभिन्न विषयवस्तु पुनरावलोकको विषयमा छलफल भएको थियो । उक्त विषयले पनि बैठकमा प्रवेश पाउनेछ । प्राविधिक समितिका अनुसार नेपाल र भारतका सीमा क्षेत्रमा एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह लगायतका पूर्वाधार निर्माण गर्ने विषयमा पनि उपसमितिमा छलफल भएको छ । अहिले भएका भन्सार बिन्दुको स्तरीकरण गर्ने विषय पनि अजेन्डामा रहेको छ ।

व्यापार र लगानी प्रवद्र्धन, अन्तरदेशीय जलमार्ग प्रयोग लगायतका विषय पनि समावेश गरिएको वाणिज्य मन्त्रालयले जनाएको छ । व्यापार प्रवद्र्धन गर्ने, गैरभन्सार अवरोधहरू हटाउने र लगानी प्रवद्र्धन गर्ने अजेन्डामा पनि छलफल हुनेछ ।

प्रकाशित: २२ मंसिर २०७७ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App