४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालय र यती एअरलाइन्सबीच सहकार्य

हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यतीले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्यक्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्। 

एप्लिकेसन प्रोगामिङ इन्टरफेस (एपिआई) को प्रभावकारी कार्यान्वयनका लागि दुवै कम्पनीको प्रतिनिधिले पहिलो सम्झौता गरेका छन्। हिमालयले हाल मध्यपूर्वी र दक्षिण एसियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ भने यतीले विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ।  

सम्झौता अनुसार दुवै एअरलाइन्सले आ–आफ्नो टिकट जारी गर्न, नयाँ सेवालाई समावेश गर्ने, यात्रुलाई टिकट खरिद सरल बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने छन्। यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ।  

सम्झौता कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो सहकार्यले हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा व्यवसाय विस्तारका मार्ग खोज्न सहज हुने बताए। यस सहकार्यले व्यवसाय र राजस्व बढाउन सहयोग पुग्ने उनको भनाइ छ। त्यस्तै, यतीका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले सहकार्यबाट व्यावसायिक समुदायलाई सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: १५ माघ २०७७ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App