७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवा भन्सार कार्यालयद्वारा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन

रसुवा भन्सार कार्यालयले पाँच वर्षमा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्म कार्यालयले २६ अर्ब ४ करोड ४६ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्ब ८६ करोड २६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठुलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आइतबार रातिको अविरल वर्षाका कारण गएको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवागढी नाका जोड्ने सडक ५ दिनपछि खुल्यो

बिहीबारदेखि अवरुद्ध भएको नाका जोड्ने सडक सञ्चालनमा आएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको कुलुङमा क्षेत्रमा झरेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

रसुवागढी नाका जोड्ने सडक ५ दिनदेखि अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक ५ दिनदेखि अवरुद्ध भएको छ। पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा ल्याउन सकिएको छैन। सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।

रसुवागढी नाका जोड्ने सडकमा गएको पहिरो हटाउन कठिन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अझै खुलेको छैन। पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसकिएको हो।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पुनः अवरुद्ध भएको छ। हिजो दिउँसो साढे २ बजेदेखि सञ्चालनमा आएको सडक खण्डमा बिहीबार बिहान आधा दर्जन स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।

रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य

भन्सार विभागले रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य दिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ का लागि विभागले कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको हो।

रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकियो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकिएको छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहँदै आएकोमा अहिले बर्खाको कारण काम रोकिएको हो ।

रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य प्राप्त

भन्सार विभागले रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि विभागले कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको हो ।

रसुवा कोरोना मुक्त

रसुवा शुक्रबारदेखि कोरोना मुक्त भएको छ । जिल्लाका सबै कोरोना संक्रमित निको भएसँगै जिल्ला कोरोना मुक्त भएको हो ।

रसुवा भन्सारको वार्षिक लक्ष्य पूरा भएन ८५.५२ प्रतिशत राजस्व संकलन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । करिब पाँच महिना रसुवागढी नाका बन्द हुँदा वार्षिक लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

रसुवा भन्सारद्वारा भन्सार जाँचपास सुरु

रसुवा भन्सार कार्यालयले आइतबारदेखि भन्सार जाँचपास सुरु गरेको छ। कार्यालयले पहिलो दिन ५५ लाख राजस्व संकलन गरेको छ।

रसुवा भन्सारमा जाँचपास प्रक्रिया अघि बढ्यो

सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ। चीनको केरुङबाट सोमबारयता नियमित सामग्री आयात भइरहे पनि विभिन्न समस्याका कारण जाँचपास सुरु हुन सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्