८ वैशाख २०८१ शनिबार
समाज

रसुवागढी नाका जोड्ने सडक ५ दिनपछि खुल्यो

बिहीबारदेखि अवरुद्ध भएको नाका जोड्ने सडक सञ्चालनमा आएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको कुलुङमा क्षेत्रमा झरेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

बिहीबार बिहानदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडक सोमबार दिउँसोबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम सकिएसँगै सवारी साधन सञ्चालन हुन थालेका छन् । सडक खुलेसँगै भन्सार जाँचपास भएर रोकिएका कन्टेनर काठमाडौं जान थालेका छन् ।

यो क्षेत्रमा दैनिकजसो पहिरो जाने गरेको छ । बर्खा सुरु भएपछि स्याफ्रु–रसुवागढी सडक अवरुद्ध हँदै आएको छ । विगत लामो समयदेखि बर्खाको समयमा अवरुद्ध हुँदै आएको पासाङ ल्हामु मार्ग यो पटक भने अवरुद्ध भएको छैन । त्यसैगरी रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रुबेसी सडक साउन १ गतेदेखि नै बन्द छ ।

प्रकाशित: १२ श्रावण २०७७ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App