१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य

रसुवागढी नाका । तस्बिरः हिमनाथ देवकोटा/नागरिक

भन्सार विभागले रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य दिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ का लागि विभागले कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको हो।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका सुस्त गतिमा सञ्चालन भइरहेको छ। नाकामा व्यापारिक कारोबार घटेको छ। गत आव ०७६÷७७ मा पनि करिब पाँच महिना नाका सञ्चालन नहुँदा कार्यालयले वार्षिक लक्ष्य भेटाउन सकेको थिएन।  

आव ०७६÷७७ मा नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकामा आठ अर्ब २७ लाख ७७ हजार मात्र राजस्व संकलन गरेको थियो। यो वार्षिक लक्ष्यको ८५.५२ प्रतिशत हो।  

यसै परिस्थितिमा विभागले नाका सञ्चालन भएयताकै सबैभन्दा बढी असुली लक्ष्य दिएको छ। २०७१ देखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोबार बढ्दै गएको थियो। रसुवा भन्सारले २०७१ यता दुई आवमा आफ्नो लक्ष्य पूरा गर्न नसके पनि अन्य वर्षमा लक्ष्यभन्दा बढी असुली गर्दै आएको छ। 

प्रकाशित: ५ श्रावण २०७७ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App