७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवागढी नाका जोड्ने सडक खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक खुलेको छ। शुक्रबार बिहानदेखि अवरुद्ध रहेको स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा गएको पहिरो पन्छाएसँगै शनिबार दिउँसोबाट सडक सञ्चालनमा आएको हो ।

रसुवा भन्सार : सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढ्यो

सोमबारदेखि आयात भएर भन्सार यार्डमा राखिएको सामग्रीको भन्सार जाँचपास प्रक्रिया अघि बढेको छ ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ र तातोपानीडाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। कुलुङ क्षेत्रमा मान्छे आवतजावत गर्ने बाटो समेत छैन। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको छ । पहिलो दिन चारवटा चिनियाँ गाडीले सामग्री ल्याएर मितेरी पुलमा झारेका हुन् ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ। रसुवा भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बिहीबारदेखि चीनको केरुङमा सामग्री लोड हुन थालेको भएपनि सोमबारबाट मात्र सामग्री आयात हुने बताए। ‘बिहीबारदेखि सामग्री लोड हुन थालेको छ’, उनले भने, ‘सोमबारदेखि सामग्री आयात हुने चिनियाँ पक्षले बताएका छन्।’

रसुवागढी नाका साताभित्र सञ्चालन

कोभिड–१९ का कारण बन्द रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।

चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्मै ल्याइदिने

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका एक हप्ताभित्र सञ्चालनमा आउने सहमति भएको छ । बुधबार बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति गरेको हो ।

रसुवागढी नाका सञ्चालनका लागि चीनले सहमति दियो

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । चीनले नाका सञ्चालनका लागि सहमति दिएसँगै नाका खुल्ने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।

रसुवागढी नाका खोल्न व्यवसायीले पहल थाले

करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन् ।

रसुवागढी नाका खोल्न व्यवसायीले पहल थाले

करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीहरुले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन् । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ ।

रसुवागढी नाका खोल्न प्रक्रिया अघि बढ्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी खुलाउनका लागि वाणिज्य मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द गरिएको नाका खुलाउनका लागि वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पहल थालेको हो ।

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु

रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बीउ अनुदानमा दिएपछि मूल बीउ उत्पादन सुरु भएको हो ।

वागमती प्रदेशमा रसुवा कोरोनामुक्त

चीनको वुहानमा कोरोना भाइरस शुरु हुनासाथ नेपालमा सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले गत माघ १५ गतेदेखि नेपालको उत्तरीनाका रसुवागढीको मितेरी पुलबाट आवतजावतमा रोक लगाइएको थियो।

लाङटाङ चीज उत्पादन केन्द्रद्वारा चीज उत्पादन सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, क्यान्जिनमा रहेको लाङटाङ चीज उत्पादन केन्द्रले चीज उत्पादन सुरु गरेको छ । यसअघि बैशाख १ गतेबाट चीज उत्पादन गर्दै आएको भएपनि यसपटक लकडाउनका कारण ढिलो गरी उत्पादन सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्