७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिमेन्ट अभाव हुँदा काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति गर्न नसक्दा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । आयोजनामा सिमेन्ट ढुवानी गर्न नसकिएपछि बाँधस्थल बाहेक अन्य क्षेत्रको काम यसअघि नै रोकिएको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

रसुवागढी नाकालाई प्रविधिमैत्री बनाउन चीनद्वारा सहयोग

चीनले अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ । सीमामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि आवश्यक पर्ने सामग्री बिहीबार प्रदान गरेको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामको लागि यसअघि रसुवा जिल्लालाई तीन पटकसम्म सामग्री उपलब्ध गराइसकेको छ ।

रसुवामा चीज उत्पादन अनिश्चित

रसुवामा यो वर्ष चीज उत्पादन अनिश्चित बनेको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । लकडाउनका कारण जिल्लामा सञ्चालनमा हुँदै आएका छ वटै उत्पादन केन्द्र अहिले बन्द छन् ।

रसुवामा ४ सय ४२ जना सेल्फ क्वारेन्टाइनमा

लकडाउनको कारण काठमाडौं लगायत अन्य जिल्लामा अलपत्र परेर रसुवा भित्रिएका रसुवाका नागरिक सेल्फ क्वारेन्टाइनमा बसेका छन् । जिल्लामा अहिले ४ सय ४२ जना सेल्फ क्वारेन्टाइनमा बसेका सरकारी तथ्याङ्क छ ।

रसुवामा १४ दिन क्वारेन्टाइनमा राख्ने कार्य असफल, क्वारेन्टाइनमा बसिरहेका सबैलाई छाडियो

रसुवामा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट ल्याएर क्वारेन्टाइनमा राखिएका व्यक्ति १४ दिन नपुग्दै छोडिएसँगै क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको हो ।

रसुवामा क्वारेन्टाइनमा बसिरहेकालाई १४ दिन नपुग्दै छाडियो

रसुवामा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको छ । काठमाडौं तथा अन्य जिल्लाबाट ल्याएर क्वारेन्टाइनमा राखिएका व्यक्ति १४ दिन नपुग्दै छोडिएसँगै क्वारेन्टाइनमा राख्ने कार्य असफल भएको हो ।

एकीकृत जाँच चौकी निर्माणको समय सकिन २ महिना बाँकी, काम ४० प्रतिशत

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माणको समय सकिन दुई महिना मात्र बाँकी छ । तर आइसिपी भवनको काम ४० प्रतिशत मात्र सकिएको छ ।

रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार

रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, ठुलोस्याफ्रुकी ३३ वर्षीय छिरिङ लामाको उद्वार गरिएको हो । शुक्रबार रातिदेखि व्यथा लागेर अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान उद्वार गरिएको हो

१७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याइयो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको १७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याएको छ। यही चैत ११ गते जिल्लाको राम्चेसम्म ल्याइएको सिमेन्ट लकडाउनका कारण त्यही राखिएको थियो।

रसुवामा एक जनालाई आइसोलेसनमा राखियो

भारतबाट फर्किएका एक जना पुरुषलाई ज्वरोमा सुधार नआएपछि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। बुधबार जिल्ला अस्पताल रसुवा पुगेका उनलाई औषधि दिएर घर पठाइएको थियो।

रसुवागढी नाकाबाट अत्यावश्यक सामग्री आयात गर्ने बारे छलफल

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अत्यावश्यक सामग्री आयात गर्ने बारेमा छलफल भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणमा तथा रोकथामका लागि आवश्यक सामग्री तथा अन्य अत्यावश्यक सामग्री ल्याउनका लागि नाका खोल्ने विषयमा छलफल भएको हो ।

रसुवागढी नाका नखुलाउन माग गर्दै प्रशासनलाई पत्र

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआएसम्म नाका खुलाउन नहुने भन्दै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ।

रसुवागढी नाकामा कोरोना परीक्षण गर्न भवन निर्माण

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि भवन निर्माण भएको छ। विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको जाँचका लागि भवन नहुँदा समस्या सिर्जना भएको थियो।

रसुवामा तीन दिनमा २८ पर्यटकको उद्वार

रसुवामा तीन दिनमा २८ जना विदेशी पर्यटकको उद्वार गरिएको छ। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि आएका पर्यटक देश लकडाउन भएपछि समस्यामा परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्