८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढी नाकाबाट १८ हजार चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपाल भित्रने चिनियाँ तथा विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै एक वर्षमा करिब १८ हजार पर्यटक नेपाल भित्रिएको टिमुरेस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

रसुवामा भूकम्पपछि एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो।

रसुवागढी नाकामा एक महिना कारोबार ठप्प हुने

ल्होसारको कारण रसुवागढी नाकामा एक महिनासम्म व्यवसायिक कारोबार ठप्प हुने भएको छ। चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले फागुन १ गतेदेखि कारोबार ठप्प हुने भएको हो।

रसुवा साक्षर जिल्ला

रसुवालाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई देशको ४३ औं साक्षर जिल्ला घोषणा गरिएको हो।

गल्छी रसुवागढी सडक स्तरोन्नति तीव्र

दैनिक आठ घन्टा यातायात बन्द गरी निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । पुस १ गतेदेखि माघ मसान्तसम्म दैनिक बिहान ८ बजेदखि र ९ बजेसम्म र ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात नै बन्द गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेर काम गर्न थालेपछि सोचेजस्तै प्रगति भइरहेको आयोजनाले जनाएको छ।

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

रसुवागढी–सान्जेनको अढाइ अर्बको सेयर आउँदै

रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरु¬) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

रसुवामा १२ वटा जलविद्युत आयोजना निर्माण हुँदै

जिल्लामा अहिले १२ वटा जलविद्युत आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु र भोर्लेमा धमाधम आयोजना निर्माण हुँदैछन्।

रसुवागढीमा सुख्खा बन्दरगाह निर्माण हुँदै

रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। चीनसँगको अन्तराष्ट्रिय व्यापारीक नाका रसुवागढी भन्दा २ किलोमिटर वर पर्ने टिमुरेमा अबको ४ महिना भित्र सुख्खा बन्दरगाह निर्माण सुरु हुने भएको हो।

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने

रसुवामा प्लास्टिकबाट डिजेल उत्पादन गरिने भएको छ । जिल्लामा प्रयोग हुँदै गरेका प्लास्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो ।

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने

रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने भएको छ। जिल्लामा प्रयोग हुँदै गरेका प्लाष्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो।

रसुवामा गोलभेंडा उत्पादनमा वृद्धि

रसुवामा गोलभेंडा उत्पादन बढेको छ । ६ वर्ष अघिदेखि सुरु भएको व्यावसायिक गोलभेंडा खेती जिल्लाभर नै विस्तार हुँदै जाँदा उत्पादन पनि बढ्दै गएको हो ।

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ। चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो। प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चेकपोष्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ।

रसुवामा हिमपात, जनजीवन कष्टकर

रसुवामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। जिल्लाको पार्वतीकुण्ड र गोसाइँकुण्ड गाउँपालिकाको विभिन्न वडामा हिमपात भएको हो।

रसुवामा पुनर्निर्माणका लागि ४ हजार बढी जनशक्ति बाहिरबाट ल्याइयो

भूकम्पले भत्किएका घर निर्माणका लागि जिल्लाका जनशक्तिले नपुगेपछि करिब ४ हजार जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्