८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढीको म्याद थपेको थप्यै

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न हुने म्याद फेरि धकेलिने भएको छ। सन् २०१४ मा निर्माण सुरु भएको यो आयोजनाको म्याद तेस्रोपटक थप्न लागिएको हो।

रसुवागढी नाकाबाट पर्यटक भित्रिने क्रम बढ्यो

रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्।

पाँच महिनामा सवा आठ लाख केजी प्याज आयात

रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। भारतबाट प्याज आयात रोकिएपछि गएको असोजदेखि चीनबाट प्याज आयात सुरु भएको हो। यसअघि यो नाकाबाट थोरै परिमाणमा आउने गरेको भए पनि पछिल्लो समय प्याज आयात बढ्दै गएको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

रसुवाको माथिल्लो क्षेत्रमा हिमपात

रसुवाको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको छ। जिल्लाको गोसाइँकुण्ड तथा आमाछोदिङ्मो गाउँपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। यो वर्ष पहिलो पटक हिमपात भएको हो।

४४ किशोरी फर्काइयो

रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ।

डिसेम्बरभित्रै दुई मुलुकबीच वार्ता

नेपाल–चीनबीचको अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा चीन र नेपालबीच संयुक्त प्राविधिक बैठक हुने भएको छ। दुईपक्षीय बैठकमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने परामर्शदाता छान्ने सहमति जुट्ने सम्भावना छ। आयोजनाले यही महिनाभित्रै बैठक हुने भने पनि मिति खुलाउन चाहेन।

चार महिनामै ५९ प्रतिशत राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा नै वार्षिक लक्ष्यको करिब ५९ प्रतिशत राजस्व संकलन गरेको छ ।

रसुवागढीमा सुक्खा बन्दरगाह बन्दै

रसुवागढी नाकामा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। रसुवाको टिमुरेमा बुधबार एक कार्यक्रम आयोजना गरी बन्दरगाहको शिलान्यास गरिएको हो।

लक्ष्यभन्दा ४७ प्रतिशत बढी राजस्व

कार्यालयले कात्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। कार्यालयले चार महिनामा वार्षिक लक्ष्यको ५८.७९ प्रतिशत राजस्व संकलन गरिसकेको छ।

रसुवामा आजदेखि ‘रसुवा कला यात्रा’

कला समूहले शुक्रबार धार्मिकस्थल उत्तरगयाधाम वरिपरि चित्र बनाउने छ। यस्तै, समूहले शनिबार कालिकास्थानको वरिपरि चित्र बनाउने योजना बनाएको छ।

‘रसुवा कला यात्रा’ सुरु

कला पर्यटन प्रवर्द्रधनमा टेवा पुर्याउँदै आएको उपत्यकाका कलाकारको समूहले ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन्।

रसुवा घुम्न आउने ७२ प्रतिशत नेपाली

चालु आर्थिक वर्षको तीन महिनामा नौ हजारभन्दा बढी पर्यटक रसुवा भित्रिएका छन्। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि नेपाली, सार्क तथा अन्य देशका पर्यटक रसुवा आएका हुन्।

रसुवागढी नाकाबाट २९ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँदै १० महिनामा २९ हजारभन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। २०१९ जनवरीदेखि अक्टोबर अन्तिमसम्ममा २९ हजार तीन सय १३ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

असोजमा लक्ष्यभन्दा कम राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। वर्षाका कारण सडक अवरुद्ध भएको, सामग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीन भएको सार्वजनिक विदालगायत कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको हो।

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

बेत्रावती–रसुवागढी सुरुङ मार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ। २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्