८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एक वर्षमा सवा करोडको मुडा निर्यात

रसुवागढी नाकाबाट एक वर्षमा झण्डै सवा करोड मूल्यको ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ वटा मुडा चीन निर्यात भएको हो।

१७ दिनपछि विदेशी पर्यटक मृत भेटिए, एक अझै वेपत्ता

रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुई जना विदेशी पर्यटकमध्ये एक जना मृत भेटिएका छन्।

चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु

३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्नेछ।

रसुवा–पोखरा बस सेवा सुरु

रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिएसँगै समस्याको समाधान भएको हो।

रसुवा–पोखरा बस सेवा सुरु

रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिसँगै समस्याको समाधान भएको हो। जिल्लामा आउने विदेशी पर्यटकसमेत पोखरा घुम्न जाने गरेकाले यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी

रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा आगलागी भएको छ । आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

मंगलबारदेखि सवारीमा सिल नहुने

सोमबार करिब एक सय ३० वटा गाडीमा सिल लगाइएको छ। सिल भएका मालबाहक कन्टेनर नियमित रूपमा नेपाल आउने छन्। चिनियाँ भन्सार तथा अध्यागमन एक सातासम्म बन्द हुने भएकाले नेपाली घर फर्कन थालेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।

नेपाल-चीन सीमा सुरक्षा बैठक : चार वर्षदेखि एउटै विषयमा छलफल

नेपाल–चीनबीच हुने सीमा सुरक्षा बैठकमा नेपाली पक्षले चार वर्षदेखि बाहिरी जिल्लाका नागरिकका लागि ‘वान डे पास’ उपलब्ध गराउनु पर्ने माग गर्दै आएको छ।

रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सुरु

रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो।

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा १२ दिनपछि सवारी सञ्चालन

पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्डमा १२ दिनपछि सवारी सञ्चालन सुरु भएको छ। जिल्लाको कालिका गाउँपालिका–१, नागार्दुन क्षेत्रमा गत भदौ २५ गते पहिरो गएपछि सडक अवरुद्ध भएको थियो।

भदौमा डेढ अर्ब राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले गएको भदौ महिनामा डेढ अर्ब राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार भदौ महिनामा एक अर्ब ५१ करोड २६ लाख ९० हजार दुई सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो।

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खुल्यो

वर्षाको कारण दुई महिनादेखि अवरुद्ध रहेको मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।

रसुवागढी नाका जोड्ने सडकमा प्रयोग गरिएको मेसिनको दलीय प्रचार

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक मर्मत सुरु भएसँगै यसले राजनीतिक रूप लिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा सुरु भएको मर्मतलाई दुई दलले आफ्नो नेतृत्वमा सुरु भएको भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न थालेपछि विषयले नयाँ मोड लिएको हो।

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु

रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु भएको छ। पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक अवरुद्ध भएपछि शनिबारदेखि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्