८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट

रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ। २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो।

चार वर्षमा २० अर्ब राजस्व संकलन

२०७२ वैशाख १२ गतेको भूकम्पपछि व्यापारिक कारोबार सुरु भएको रसुवागढी नाकामा आयात तथा निर्यात बढ्दै गएको छ। नेपाल–चीनबीच मालसामान आयात निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।

रसुवागढी नाकामा मंगलबारदेखि ‘क्यू नम्बर’ अनिवार्य

रसुवागढी नाकामा सवारी चापलाई व्यवस्थापन गर्न ‘क्यू नम्बर’ अनिवार्य गरिने भएको छ। नाकामा सञ्चालन भइरहेका ट्रक कन्टेनर व्यवसायीको सुरक्षा र अवसरको समानुपातिक वितरणका लागि केही समय पहिलेदेखि स्थायी क्यू नम्बर दिइँदै आएको छ।

प्रहरीले चालक कुटेको विषयमा छानविन सुरु, सिडिओको टोली घटनास्थलमा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा मंगलबार दिउँसो भएको घटनाको विषयमा छानबिन गर्नका लागि टिमुरे पुगेको प्रमुख जिल्ला अधिकारीको टोलीले छलफल सुरु गरेको छ। बुधबार बिहान घटनास्थल पुगेको प्रजिअ अर्जुन भण्डारी, प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, टिमुरे प्रहरी चौकीका इन्चार्ज तथा राजनीतिक दलका प्रमुख तथा पीडित पक्षका व्यक्तिहरूसँग छलफल सुरु भएको हो।

आठ महिनामा २२ हजार पर्यटक भित्रिए

रसुवागढी नाका हुँदै आठ महिनामा २२ हजार भन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार २०१९ जनवरीदेखि अगष्ट अन्तिमसम्ममा २२ हजार ८ सय ४९ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौँ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।

प्रहरीद्वारा चालकमाथि कुटपिट

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ। चालकले गलत ठाउँमा पार्किङ गरेको सवारीलाई हटाउनका लागि आग्रह गर्दा चालकले असईमाथि हात हालेपछि नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको प्रहरीले जनाएको छ।

अवरुद्ध रसुवागढी राजमार्ग खुल्यो

पहिराका कारण आइतबारदेखि अवरूद्ध स्याफ्रु–रसुवागढी खण्ड राजमार्ग आजदेखि खुलेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराका कारण यहि भदौ १५ गते बिहानैबाट बन्द स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले राजर्माग संञ्चालन गरेकोहो।

कर्मचारी छनौटमा अनियमिता गरेकाे भन्दै छानबिनकाे माग

स्वास्थ्य कार्यालय रसुवाले कर्मचारी छनौटमा अनियमिता गरेको भन्दै अन्तर्वार्तामा सहभागी भएकाहरुले छानबिन गर्न माग गरेका छन्। कार्यालयले सहयोगी पदमा अयोग्य व्यक्ति राखेको र सवारी चालक पदमा प्रयोगात्मक परीक्षामा असफल भएको व्यक्ति राखेको भन्दै उनीहरुले छानबिनको माग गरेका हुन्।

रसुवामा अन्तिम लेखा परीक्षण सुरु

महालेखा नियन्त्रकको कार्यालयले डोरमुकाम स्थापना गरेर रसुवामा आर्थिक वर्ष ०७५/७६ को अन्तिम लेखा परीक्षण सुरु गरेको छ।

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

स्याउबारी–स्याफ्रु सडक सडक डिभिजन, स्याफ्रु–रसुवागढी सडक खण्डमा विभिन्न जलविद्युत् आयोजनाले पहिरो पन्छाउने काम गरिरहेका छन्।

छुटेका प्रभावितलाई मुआब्जा वितरण

रसुवागढी नाकामा निर्माण हुन लागेको सुक्खा बन्दरगाह निर्माण क्षेत्रका छुटेका प्रभावितले मुआब्जा पाएका छन्। यसअघि नाम छुटेका कारण मुआब्जा नपाएका सात घरधनी तथा ले मुआब्जा पाएका हुन्। जिल्ला प्रशासन कार्यालय रसुवाले साउनमा २३ लाख ४२ हजार सात सय १८ र भदौमा पाँच लाख ४९ हजार ६ सय ७४ गरी २८ लाख ९२ हजार तीन सय ९२ रुपयाँ वितरण गरेको छ।

पहिरोले दुई कन्टेनरमा क्षति

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै शुक्रबार दिउँसो गएको पहिरोमा परेर दुईवटा कन्टेनरमा क्षति पुगेको छ।

महिनामा अर्बभन्दा बढी राजस्व

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

एक महिनामा एक अर्ब तीन करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

मुआब्जा नपाएसम्म संरचना हटाउन नदिने

चीन सरकारको सहयोगमा स्तरोन्नति हुन लागेको स्याफ्रु रसुवागढी सडकको संरचना हटाउन स्थानीयले अवरोध सिर्जना गरेका छन्। उनीहरुले स्याफ्रुबेंसी सडकको लगत कट्टा नभएको, मुआब्जा नपाएको, लालपूर्जा आफूसँगै भएको र तिरो तिर्दै आएको भन्दै पहिले मुआब्जा पाउनुपर्ने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्