८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

रसुवा–पोखरा बस सेवा सुरु

रसुवा – रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिएसँगै समस्याको समाधान भएको हो।

जिल्लामा आउने विदेशी पर्यटकसमेत पोखरा घुम्न जाने गरेकाले यसले सहयोग पुग्ने विश्वास गरिएको छ। रसुवा–पोखरा बस सेवाको रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ र नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन्। धुन्चेबाट बिहान ७ बजे र पोखराको पर्यटक बसपार्कबाट बिहान पौने ७ मा बस छुट्ने छ।

पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसँगको सहकार्यमा टिमुरे यातायात प्रालिले बस सेवा सुरु गरेको अध्यक्ष प्रकाश जोशीले बताए। यात्रुलाई सहज बनाउन जिल्लाको धुन्चे, कालिकास्थान, बनुवा, नुवाकोटको ढुंगे, त्रिशूली, बट्टार र धादिङको गल्छीमा टिकट काउन्टर स्थापना गरिएको छ। त्यसैगरी पोखरातर्फ  पाँच स्थानमा काउन्टर राखिएको छ। धुन्चे–पोखराको भाडा आठ सय ५० रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App