३ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रसुवामा ४ सय ४२ जना सेल्फ क्वारेन्टाइनमा

रसुवा- लकडाउनको कारण काठमाडौं लगायत अन्य जिल्लामा अलपत्र परेर रसुवा भित्रिएका रसुवाका नागरिक सेल्फ क्वारेन्टाइनमा बसेका छन् । जिल्लामा अहिले ४ सय ४२ जना सेल्फ क्वारेन्टाइनमा बसेका सरकारी तथ्याङ्क छ ।

जिल्लाको पाँचवटै गाउँपालिकाका नागरिक विभिन्न समयमा जिल्ला आएका थिए । आएकामध्ये २ सय १६ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका नागरिकलाई सबै गाउँपालिकाले घर पठाएर सेल्फ क्वारेन्टाइनमा राखेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा ८१, कालिकामा ५१, उत्तरगयामा ४७, नौकुण्डमा ११२ र आमाछोदिङमोमा ७१ जना सेल्फ क्वारेन्टाइन बसेका कोभिड सूचना केन्द्र रसुवाले जनाएको छ ।  

सेल्फ क्वारेन्टाइनमा बसिरहेका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ । जिल्लामा २ सय ७२ शैयाको क्वारेन्टीन निर्माण गरिएको थियो । निर्माण गरिएका क्वारेन्टाइन २ सय १६ जनालाई राखिएमा २ सय १० जनालाई सेल्फ क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको थियो । आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा ६ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

 

प्रकाशित: २४ वैशाख २०७७ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App