coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार

रसुवा- रसुवामा हेलिकप्टरमार्फत सुत्केरीको उद्वार गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, ठुलोस्याफ्रुकी ३३ वर्षीय छिरिङ लामाको उद्वार गरिएको हो । शुक्रबार रातिदेखि व्यथा लागेर अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान उद्वार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यक्रम अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उद्वार गरेको हो । सेनाको हेलिकप्टरमार्फत उद्वार गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

यसअघि पनि जटिल हुने खालका सुत्केरीलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने गरिएको थियो ।

प्रकाशित: २० वैशाख २०७७ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App