५ वैशाख २०८१ बुधबार
अर्थ

रसुवागढी नाका जोड्ने सडक सञ्चालन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक तीन दिनपछि सञ्चालनमा आएको छ। निरन्तरको वर्षाका कारण आएको पहिरोले सोमबार बिहानैदेखि स्याफ्रु–रसुवागढी सडक अवरुद्ध भएको थियो।  

बर्खा सुरु भएपछि पटक पटक अवरुद्ध हुँदै आएको सडक यो पटक भने लामो समय अवरुद्ध बनेको हो। यस क्षेत्रमा ठुलो पहिरो गएका कारण पानी पर्ने समयमा पहिरो झरिरहने गरेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मंगलबार दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा आएको हो।

स्याफ्रु–रसुवागढी सडक खण्डको चार स्थानमा दैनिकजसो पहिरो जाने गरेको छ। विभिन्न जलविद्युत् आयोजनाको सहयोगमा सडक खुलाउने कार्य हुँदै आएको छ। जिल्लामा जलविद्युत् आयोजना निर्माण भइरहेका क्षेत्रमा पर्ने सडक अवरुद्ध भएमा आयोजनाले खुलाउने सहमति अनुसार आयोजनाहरूले सडक खुलाउने काम गरिरहेका छन्। पासाङ ल्हामु मार्गको बेत्रावती धुन्चे र धुन्चे स्याफ्रु खण्डमा बुधबार बिहानैदेखि सवारी सञ्चालन भइरहेका छन्।

प्रकाशित: ८ श्रावण २०७७ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App