९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडकमा गएको पहिरो हटाउन कठिन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अझै खुलेको छैन। पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसकिएको हो।  

स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको अवस्थामा टिमुरे स्थित नेपाली सेनाको पोष्ट नजिकै ठूलो ढुंगा झरेकाले समस्या भएको हो। यसअघि पनि त्यस क्षेत्रमा तीन दिन सडक अवरुद्ध भएको थियो।  

स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रको पहिरो हटाउन निकै कठिन भएको र टिमुरेमा ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए। ‘नाका जोड्ने सडक दैनिकजसो अवरुद्ध हुँदै आएको छ,’ उनले भने, ‘पहिरो निरन्तर झरिरहने र ठुलाठुला ढुंगा झर्ने कारणले पन्छाउन निकै कठिन भएको छ।’  

पासाङ ल्हामु मार्गको बेत्रावती धुन्चे र धुन्चे स्याफ्रु खण्ड शनिबार अवरुद्ध भएको छैन।

प्रकाशित: १० श्रावण २०७७ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App