coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवागढी नाका जोड्ने सडक ५ दिनदेखि अवरुद्ध

रसुवागढी नाका जोड्ने सडकको कुलुङ क्षेत्रमा गएको पहिरो हटाउने काम हुँदै तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक ५ दिनदेखि अवरुद्ध भएको छ। पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडक सञ्चालनमा ल्याउन सकिएको छैन। सडक खण्डको कुलुङ क्षेत्रमा गएको पहिरो पन्छाउन नसकिएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।  

‘पहिरो पन्छाउनका लागि दैनिक काम भइरहेको छ’, उनले भने, ‘तर ठुलो पहिरो गएकाले पन्छाउन निकै कठिन भएको छ।’ उक्त क्षेत्रमा ठुलाठुला ढुंगा समेत झरेकाले समस्या सिर्जना भएको हो।  

बिहीबारदेखि पहिरो पन्छाउन प्रयास भइरहेको छ। निरन्तर वर्षा भइरहेको र पहिरो जाने क्रम नरोकिएकाले सडक सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ। पासाङ ल्हामु मार्गको बेत्रावती धुन्चे र धुन्चे स्याफ्रु खण्ड शनिबार अवरुद्ध भएको छैन।

प्रकाशित: १२ श्रावण २०७७ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App