१० मंसिर २०८१ सोमबार
image/svg+xml

पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।

एएफसी कप क्वालिफायरको दोस्रो चरणमा पुग्ने मच्छिन्द्रको लक्ष्य, तयारी तीव्र

दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबले आफ्नो प्रशिक्षणमा तिब्र्रता दिइरहेको छ।

एशियाड तयारीमा रहेका भारोत्तोलन खेलाडीको पोखरामा बन्द प्रशिक्षण

चीनको हाङझावमा हुने १९ औं एशियाड सुरु हुन अब दुईमहिना मात्रै बाँकी छ। दुईमहिना बाँकी हुँदा छनोट भएका खेलाडीहरु यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छन्। केही खेल बन्द प्रशिक्षणको लागि पोखरामा प्रशिक्षणरत छ।

केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ।

निर्माण भएको ६ वर्षपछि तरकारी बजार सञ्चालन गर्ने तयारी

तत्कालीन नेकपाबाट प्रधानमन्त्री बनेका केपी ओलीले नेकपाबाटै मुख्यमन्त्री बनेका तत्कालीन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई प्रदेश सरकारले स्वामित्व लिने गरी कटहरीको तरकारीबजार हस्तान्तरण गरे।

विपद्को क्षति कम गर्ने तयारी

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।

डेंगी प्रकोपविरुद्ध तयारी शून्य

अव्यवस्थित फोहोर पानी, खुला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरू बताउँछन्। अझ वस्तीबीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरूका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरूको भनाइ छ।

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी

चितवनमा कृष्णसार स्थानान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो।

कांग्रेस लुम्बिनी प्रदेश भेला भदौमा

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ। कांग्रेस लुम्बिनी प्रदेश कमिटिको दाङको भालुबाङमा सम्पन्न बैठकले भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले सम्मेलनको तयारी अगाडि बढाउने निर्णय गरेको छ।

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

स्तनपान दर घट्दै गएपछि ६ महिना सुत्केरी बिदा दिने तयारी

आमाको दूध बच्चाका लागि उत्कृष्ट पौष्टिक आहार मानिन्छ। तर नेपालमा अझै पनि स्वास्थ्यकर्मी, परिवार र स्वयं आमाहरूमै सचेतनाको कमीले स्तनपान दर घट्दै गएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।

नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी

बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ। सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरूले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ।

तयारीमा चुक्दा नेपालको सहभागिता समूहचरणमै

दक्षिण एसियाली राष्ट्रहरूका लागि साफ च्याम्पियनसिप आफ्नो साख राख्ने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो।

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।

१३ वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाइ

करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि भेरिएसन गरेर छपाइको जिम्मा दिन लागिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्