१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अध्यापनशैली सुधारले विद्यार्थी आकर्षित

कक्षाकोठाभित्रका डेस्कबेन्च हटाएर कार्पेट बिछ्याइएको छ। कार्पेटमा बसेर लेखपढ गर्न मिल्ने गरी राउन्ड टेबल राखिएको छ। भित्ताभरि शैक्षिक सामग्रीले सिँगारिएका छन् । कक्षाकोठामा पुस्तक राख्ने ¥याक, काठ, बाँस, माटो तथा कागजका थरीथरीका शैक्षिक सामग्री छन्।

महिला कण्डम प्रयोगकर्ता बढे

महिला कण्डम वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार जिल्लामा महिला कण्डम प्रयोगकर्ताहरु बढ्न थालेका छन्। सन् २०१६ मा ३२ जनाले महिला कण्डम लगेकोमा २०१७ मा १ सय ३० जनाले यसको प्रयोग गरेका छन्।

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढाएपछि सर्वत्र विरोध

भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ। कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो।

किमको चीन भ्रमण : उत्तर कोरिया परमाणु निःशस्त्रीकरणका लागि सहमत

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएका छन्। हालै मात्र अकस्मात चीनको भ्रमण गरेका नेता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा निःशस्त्रीकरणको सहमति जनाएको चीनले जानकारी दिएको छ।

कामकाजी कर्मचारी

संघीय (केन्द्रीय) सरकारले स्थानीय तह र प्रदेशमा खटाएका कर्मचारीहरु कार्यक्षेत्रमा नजाँदा सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन्। यसमा केन्द्रीय सरकारले पनि हस्तक्षेप गर्न सकेको छैन।

कर्णाली, गैसस र हामी

नागरिकले विकासको अन्तिम अस्त्रका रूपमा संघीयता र प्रदेश सरकारलाई बुझिरहेका छन् । सातवटै प्रदेशमा प्रादेशिक सरकार गठन भएको करिब एक महिनासम्म सञ्चालन भएका बैठकहरू औपचारिकतामा बढी सीमित भए।

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरू हैरान भएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ।

एक लाख रोजगारीका लागि दुई करोडको आवेदन

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा दोस्रो नम्बरमा पर्ने दक्षिण एसियाली देश भारतमा बेरोजगारीको अवस्था कति दयनीय छ भनेर एउटा विज्ञापनमा परेको आवेदनले देखाएको छ ।

स्रष्टाहरूलाई लुनकरण सम्मान

साहित्य, संगीतलगायत विविध विधामा योगदान पुर्‍याएका स्रष्टालाई राजधानीमा सम्मान गरिने भएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४ औं वर्षको अवसर पारेर स्रष्टा सम्मानको घोषणा गरेको हो।

खुकुरीभन्दा कर्दमा धार

छ वर्ष अघि फिल्म ‘लुट’ प्रदर्शन हुँदा दर्शकले फिल्मका प्रमुख पात्र सौगात मल्लभन्दा सह–पात्र दयाहाङ राईलाई बढी रुचाए । दर्शकले ‘हिरो’को रुपमा फिल्ममा प्रस्तुत सौगात अर्थात ‘हाकु काले’सँगै दयाहाङको ‘गोफ्ले’को चरित्रलाई ‘मार्क’ गरे । सौगातको चर्चित संवाद ‘बल हैन पासा, दिमाग लगा दिमाग’ दर्शकको मुखमा झुण्डिए पनि दर्शकले दयाहाङको चर्चा पनि उत्तिकै गरे।

सेटिङको तस्करी नियन्त्रणमा स्थानीय उत्रिए

सीमानाकामा हुने गरेको तस्करी नियन्त्रणमा यहाँका स्थानीयले सक्रियता देखाएका छन् । तस्करी रोक्न सरोकारवालाले चासो नदेखाएको भन्दै धनगढी उपमहानगरपालिका– २ का स्थानीय यसको नियन्त्रणमा जुटेका हुन्।

त्रिशुली गल्छीमा चिनियाँ कम्पनीको नौ अर्ब ८३ करोड लगानी

सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ । चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित दोङफाङ इलेक्टिक कर्पोरेसन र सिद्घकाली पावर लिमिटेड कम्पनी बीच बुधबार लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

संसद् भवन प्रमुखविरुद्ध कर्मचारी आन्दोलित

बानेश्वरस्थित संघीय संसद्भवनमा कार्यरत कर्मचारीहरुले सो भवनका प्रमुख कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यविरुद्ध आन्दोलन चर्काएका छन।

पृतनाभित्रै सैनिक मृत्यु प्रकरण : ‘घरको मुल खम्बा ढल्यो’

फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, बर्दियाका भरत बिक। चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए। त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो।

ट्यांकर दुर्घटनापछि आगो लाग्ने डरले गाउँले त्रसित

सातादिनयता जताततै डढेलोको चपेटामा पर्दै आएको उदयपुरमा बुधबार बिहान सिद्धिचरण लोकमार्गको कटारी–हर्देनी सडक खण्डमा ट्यांकर दुर्घटनाबाट भएभरको तेल पोखिएपछि साविक हर्देनी गाविस क्षेत्रमा आगलागीको जोखिम बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्