१२ मंसिर २०८१ बुधबार
image/svg+xml

स्थानीय तहले नै बहाल कर असुल गर्ने

काठमाडौँ महानगरपालिकाको घर बहाल करसम्बन्धी विवाद अन्त्य भएसँगै दोहोर कर तिर्नुपर्ने झन्झटबाट नागरिक मुक्त भएका छन्। केन्द्र सरकारले घरबहाल कर असुलीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेसँगै महानगरको बहाल करसम्बन्धी विवाद अन्त्य भएको कामपाका निर्देशक नवराज ढकालले जानकारी दिए।

प्रबलीकरणको विशेष अभियान सञ्चालन गरिँदै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट आंशिकरुपमा क्षति पुगेका निजी अवास प्रबलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

कर धेरै बढाएको भन्दै व्यवसायी विरोधमा

भरतपुर महानगरपालिकाले कर दस्तुरमा भारी वृद्धि गरेको भन्दै चितवनका व्यवसायीले विरोध गरेका छन्। चितवन उद्योग वाणिज्य संघले मंगलबार कर धेरै बढाएकोमा विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।

मलेसियाबाट सिक्नुपर्ने पाठ

सरकारको प्रमुख भूमिका हुनुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्र सहयोगीका रूपमा मात्र रहनुपर्ने हो । हाम्रो देशको कुरा गर्दा भने निजी क्षेत्र पूर्ण रूपमा हाबी भएको पाइन्छ । सार्वजनिक यातायात सेवामुखी हुनुपर्नेमा नाफामुखी भई यस क्षेत्रलाई व्यापारीकरण गरिएको छ।

कर्णाली करिडोरका स्वास्थ्य चौकी अनियमित रूपमा संचालन

जुम्लाका कर्णाली राजमार्गसँगै जोडिएका स्वास्थ्यचौकी नियमित रूपमा खुल्दैनन् । सहजै रुपमा जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले निगरानी राख्न सकिने भएपनि कर्मचारीको मनपरीले नियमित रूपमा स्वास्थ्य संस्था नखुल्ने गरेको स्थानीय बताउँछन्।

करेन्ट लागेर एकको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४, सुगा गाउँमा मंगलबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ सुगा बस्ने ६० वर्षीय सुरेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

यौन हिंसा, बलात्कारका समस्या र निराकरणका केही उपाय

यौन हिंसा, बलात्कारजस्ता समस्या पश्चिमी देशमा बढी छन् तर नेपालमा खासै छैनन् भन्ने सोचाइ थियो। नेपाली समाजमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, यौन व्यभिचार नगर्ने र मद्यपान तथा लागू पदार्थ सेवन नगर्ने भन्ने शिक्षा किशोरकिशोरीलाई पहिले दिइन्थ्यो। कर्मको फलबारे पढाइन्थ्यो। नराम्रो कर्मको फल नराम्रो हुन्छ र राम्रो कर्मको फल राम्रो हुन्छ भनेर। सदियौंदेखि चल्दै आएको हाम्रो आस्था, विश्वास, संस्कृति बिर्सँदै जानाले र अहिले टेलिभिजनमा रातदिन देखाइने नकारात्मक कथा र फेसबुक जस्ता सोसल मिडियामा जेजस्तो पनि हेर्न पाइने कारणले यौन शोषण, यौन दूराचार, बलात्कार, हत्याजस्ता समस्या बढ्दै गएका छन्।

दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणः किम जोंग उन

उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोंग उनले दाबी गरेका छन्।

करिष्मा ‘हिरोज्’की हिरो !

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले धेरै फिल्ममा नायिकाका रुपमा नै अभिनय गरेकी छन् । उनलाई फिल्ममा दर्शकले हिरो चरित्रमा बिरलै देखेका छन् । यिनै करिश्मा आगामी चैत्र २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिरोज्’मा एक हिरोको रुपमा देखिँदैछिन्।

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम

नेपालगन्जमा लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गत शनिबार उक्त कार्यक्रम भएको हो।

अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिक

सिंहदरवारभित्र कार्यरत अधिकांश कर्मचारीमा उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ । सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरी सरकारले ७ दिनअघि स्थापना गरेको ‘हेल्थ डेस्क’मा उपचारका लागि आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप र ग्याष्ट्राइटिसको समस्या देखिएको हो।

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन्। गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार राष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

कृषिबाट बर्सेनि ४ करोड कारोबार

स्याङजाको गल्याङ नगरपालिका–११, जिमुवाका कृषकले बर्सेनि करिब ४ करोड आर्थिक करोबार गर्छन् । करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न नगदे तथा खाद्य बालीबाट भएको आम्दानीले उनीहरू कारोबार गर्न सफल भएका हुन्। कृषिमा जिल्लाकै नमुना क्षेत्र भनेर जिमुवा क्षेत्रलाई चिनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्