२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम

काठमाडौं– नेपालगन्जमा लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम भएको छ । नेपाल धितोपत्र बोर्ड तथा नेपालगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा गत शनिबार उक्त कार्यक्रम भएको हो।

कार्यक्रममा लगानीकर्ताले  धितोपत्र बजारमा हुने लगानीलाई अनुत्पादक लगानीको रुपमा लिन नहुने, धितोपत्र बजार गतिविधिहरु वित्तीय गतिविधि भएकाले अन्य वित्तीय गतिविधिमा मूल्य अभिवृद्धि कर नलगाइएकाले धितोपत्र बजार कारोबारमा समेत उक्त कर लगाउन नहुनमा जोड दिएका थिए।

यस्तै, वास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा आकर्षित गर्नुपर्ने, धितोपत्रको दोस्रो बजार कारोबार प्रणाली पूर्णरुपमा स्वचालित बनाउन ढिलो गर्न नहुने, धितोपत्र व्यवसायी सेवा प्रतिस्पर्धी हुनुपर्ने, धितोपत्र बजार नियमन कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने, धितोपत्रको प्राथमिक बजार सेवा अत्याधुनिक एवं देशव्यापी भए जस्तै धितोपत्रको दोस्रो बजार कारोबार सेवामा सोही अनुसारको सुधार गरी देशव्यापी बनाउनुपर्ने सुझाव दिएका थिए।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा नेपाल धितोपत्र बोर्डका निरञ्जय घिमिरे, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का मुराहरि पराजुली, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसी) का देवराज रिजाल, इम्पेरियल सेक्युरिटिज प्रालिका प्रमुख भक्तिराम घिमिरेले धितोपत्र बजार तथा लगानी सम्बन्धी विभिन्न विषयमा प्रस्तुतीकरण दिएका थिए ।  सहभागीबाट उठेका विभिन्न जिज्ञासाको विषयमा बोर्डका निर्देशक नवराज अधिकारी लगाएतले प्रष्ठ पारेका थिए।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App