२४ वैशाख २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ।

सङ्घीय सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै मधेस सरकार

सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।

कर्णाली प्रदेशः अर्थमा कृष्णा आचार्य, जलस्रोतमा रातो कामी नियुक्त

‘फेरि सांसद भएर मन्त्री हुन नपाउने अवस्था भएकाले पालो पुर्‍याउनका लागि प्रत्यक्षतर्फ निर्वाचन लड्नेहरुलाई राजीनामा दिएर उहाँ (कामी र आचार्य)लाई मन्त्री बनाइएको हो,’ ती माओवादी सांसदले भने, ‘केही महिनाका लागि भएपनि माओवादी केन्द्रका हामी सबै सांसदहरु मन्त्री बन्न सफल भएका हौं।’

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउत आक्रोशित

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर साइकल खरिदसम्बन्धी फाइल अनुसन्धानका लागि केन्द्रमा पठाउन नियन्त्रणमा लिएको बताए। साइकल खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिइएको जानकारी अख्तियारका उपसचिव मेघनाथ रिमालले दिए।

इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ मा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले प्रदेश १ मा लगानी गर्ने भएको छ। प्रदेश सरकारले प्राथमिकता तोकेका आयोजनामा बैंकले लगानी गर्न लागेको हो। बैंकले पहिलो चरणमा प्रदेश सरकारले प्राथमिकतामा राखेका ६० मध्येका पाँच आयोजनामा लगानी गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्