३ मंसिर २०८१ सोमबार
image/svg+xml

मेयर कप किक्रेट: पुलिस शीर्ष स्थानमा बस्दै फाइनलमा

नेपाल पुलिस क्लब काठमाडाैं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले काठमाडौं मेयर ११ माथि १ सय ३ रनको जितका साथ प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो।

प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदान : कार्यदलको सुझावपछि बल्ल टेण्डर

आर्थिक वर्ष सकिन केवल चारमहिना मात्रै बाँकी छ । चारमहिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै शुरु भएको छैन ।

मेयर कप एक दिवसीय क्रिकेट: आलमको ७ विकेट व्यर्थ

मंगलबार मूलपानीस्थित क्रिकेट मैदानमा आर्मी पुलिससँग ३ विकेटले निराश भएको हो। आर्मीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो। पुलिसका ओपनर सुनील धमलाले सर्वाधिक ३९ रन जोड्दा पवन सर्राफले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान गरे।

महिला क्रिकेटलाई ललितपुरको सहयोग

काठमाडौं महानगरपालिकाकै सहयोगमा हाल पुरुषको एकदिवसीय मेयर कप क्रिकेट सञ्चालन भइरहँदा ललितपुर महानगरपालिकाले पनि ट्वान्टी–२० महिला क्रिकेट आयोजनामा सघाउ पुर्‍याउने भएको छ। ललितपुर महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजनामा आर्थिक सहयोग गर्दै क्रिकेटमा पनि आफ्नो सहभागिता बढाएको हो।

लिग चरणका खेल आज सकिने

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीयल) क्रिकेट प्रतियोगितामा लिग चरणका खेल आज बुधवार सकिने भएका छन । लिग चरणवाट छनौट भएर ३ वटा टिम सेमिफाईनल प्रवेश गरिसकेका छन भने आज होली ल्याण्ड अत्तरिया र शारदा सरस्वती मा.वि. दोधारा चाँदनी बिच हुने खेलवाट सेमिफाईनल प्रवेश गर्ने टिम छनोट हुने छ । काठमाडौँको हिमालय ह्वाइट हाउस, बाल बाटिका र लिटल फ्लावर सेमिफाईनल प्रवेश गरिसकेका छन् ।

जनकपुर र चितवन सुपर जनरल टी–२० उपाधिको लागि भिड्ने

सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब भिड्ने भएका छन् ।

‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु गरिएको छ। यो अभियानअन्तर्गत एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ।

मेयर कप क्रिकेट: सन्दीपको अलराउन्ड प्रदर्शन

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडाैं मेयर ११ ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशमाथि ९४ रनको जित हात पारेको हो। काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो।

रुपन्देही सुपरलिग : वेष्टर्न क्रिकेट सेमिफाइनलमा

भैरहवा स्थित सिद्धार्थरङ्गशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्टर्नले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको वेष्टर्नले ९ विकेटको क्षतिमा २०१ रनको योगफल जोडेको हो ।

मिक्समाण्डु ५ विकेटले पराजित

सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिगको समीकरण टुंगिदा जनकपुर क्रिकेट संघले सेमिफाईनलको आतिथ्यता सुपर जनरल पोखरा–११ सँग हुनेछ ।

टी–ट्वान्टी क्रिकेट: बालुवाटार र ग्रेट हिमालय विजयी

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको हो। मैदान ओसिलो भएका कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो।

मेयर कप क्रिकेट: दुवै पुलिसको रोमाञ्चक जित

मेयर कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार बाग्मती प्रदेश विभागीय टोली नेपाल पुलिससँग २ रनले स्तब्ध हुँदा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि १ विकेटको रोमाञ्चक जित निकालेको छ।

बाल बाटिका र विद्या भूषणको दोस्रो जित

धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा नव बाल बाटिका स्कुल बौनीया र विद्या भूषणले दोस्रो जित निकालेका छन् । शुक्रवार भएको दोस्रो खेलमा विद्या भूषणले धनगढीको त्रिनगर माविलाई ६४ रनको फराकिलो अन्तरले जितेको छ । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १७ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । उसका लागि प्रदिप चन्दले ३६ रन बनाए । त्रिनगरका खड्क नगरकोटीले ३, बसन्त थापा, पदम पनेरु र सुलभ सेवाले २र२ विकेट लिए ।

बालुवाटारलाई पराजित गर्दै पोखरा–११ सेमिफाईनलमा

चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि सुपर जनरल पोखरा–११ ले बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।

सुपर जनरल टी–२० लिग, चितवन सेमिफाईनलमा

टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्