३ मंसिर २०८१ सोमबार
image/svg+xml

एकदिवसीय पुरुष क्रिकेट: आर्मी र एपिएफबीच उद्घाटन खेल

क्यानले प्रेस–विज्ञप्ति जारी गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जारी तालिकाअनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच उद्घाटन खेल हुनेछ।

धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी (अपडेट)

धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा शारदाले त्रिनगर माविलाई ६१ रन अन्तरले जितेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाँ सहयोग गर्नुपर्नेछ।

शारदा र होल्याण्ड विजयी

धनगढीमा संचालन भैरहेको चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तर्गत आईतवार भएका खेलमा शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा संघिय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शनिवार देखि विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन भैरहेको हो । आईतवार भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले जितेको छ । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ६६ रन बनाएको थियो । उस्का लागी सुरुवाती ब्याट्सम्यान दिनेश ओडले सर्वाधिक ९२ रनको योगदान गरेका थिए भने अर्जुन साउँदले २५ र विराट सेवाले १६ रन बनाएका थिए । लिटल बुद्धका लागि सागर भण्डारीले ३ र सागर थापाले २ विकेट लिएका थिए ।

आलोचना गरेको भन्दै क्रिकेट संघका टुर्नामेन्ट डाइरेक्टरलाई हटाईयो

क्रिकेट संघ कास्कीको नेतृत्वविरुद्ध बोलेको भन्दै टुर्नामेन्ट डाइरेक्टरलाई पदबाट राजिनामा दिन बाध्य पारिएको छ ।

क्रिकेट संघको साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन नै बाँडिएन

लामो समयपछि संघले तीन ्वर्षको अवधिमा वार्षिक साधारण सभा गर्दै आफ्नो योजना सार्वजनिक गर्यो । यद्यपी कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने सभा उपस्थित अतिथि तथा संघका पदाधिकारी, साधारण सदस्यले अध्ययन गर्ने मौका भने पाएनन् ।

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्।

सुपर जनरल टी–२० क्रिकेट लिगको तालिका सार्वजनिक

सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

रुपन्देही सुपरलिगमा बुद्ध क्रिकेट विजयी

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको बुटवलले निर्धारित ४६ ओभरको खेलमा ३१.२ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो । बुटवल राइनोजका अरविन सारुले १८, आषिस लोहनी र ईश्वर खनालले १४÷१४ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, विपिन खत्री र अमित अग्रहरीले २÷२ तथा रिजन पराजु र अजय त्रिपाठीले १÷१ विकेट लिए ।

पोखरामा फागुन १७ देखि सुपर जनरल टी–२० क्रिकेट लिग

के.एन स्पोर्टस प्रालिले सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा यही फागुन १७ गतेदेखि कास्कीका क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट आयोजना गर्दैछ ।

रुपन्देही सुपरलिग क्रिकेटमाः तिलोत्तमा डिभिजन ‘ए’मा

टस जितेर ब्याटिङमा उत्रेको तिलोत्तमा क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो ।

रुपन्देही सुपरलिग क्रिकेटमाः बुटवल राइनोज डिभिजन ‘ए’मा

भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोजले शंकरनगर क्रिकेट क्लबलाई पारजित गर्दै डिभिजन ए मा प्रवेश गरेको छ ।

रुपन्देही सुपरलिगमा ः तिलोत्तमा क्रिकेट क्लब विजयी

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलको जम्मा १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो । उसका लागि जावेद खाँनले ३१ र आकाश पाठकले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन। तिलोत्तमाका कृष्ण पराजुलीले ६.१ ओभरमा १ मेर्डन राख्दै ११ रन खर्चेर ८ विकेट लिए

फागुन पहिलो साता बक्स क्रिकेट

माछापुच्छ«े क्रिकेट एकेडेमीको आयोजनामा फागुनको १ देखि ४ गतेसम्म पोखराको लेखनाथमा बक्स क्रिकेट प्रतियोगिता हुने भएको हो ।

काठमाडौं महानगरपालिकाले क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई ५० लाख सहयोग गर्ने भएको छ। यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्