१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला क्रिकेटलाई ललितपुरको सहयोग

क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई चेक हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल। तस्बिर: नागरिक

उपत्यकामा रहेका दुई महानगरपालिका काठमाडौं र ललितपुरले पछिल्ला समय खेलकुद क्षेत्रमा आफ्नो सक्रियता बढाउन थालेका छन्। नेपाली घरेलु फुटबल लिगका क्लबलाई आर्थिक सहयोग गर्दै आइरहेका काठमाडौं र ललितपुर महानगरपालिकाले क्रिकेटमा पनि आफ्नो सक्रियता बढाउन थालेका छन्।

काठमाडौं महानगरपालिकाकै सहयोगमा हाल पुरुषको एकदिवसीय मेयर कप क्रिकेट सञ्चालन भइरहँदा ललितपुर महानगरपालिकाले पनि  ट्वान्टी–२० महिला क्रिकेट आयोजनामा सघाउ पुर्‍याउने भएको छ। ललितपुर महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजनामा आर्थिक सहयोग गर्दै क्रिकेटमा पनि आफ्नो सहभागिता बढाएको हो।

ललितपुरले यसअघि आफ्नो जिल्लामा रहेका ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबलका क्लबलाई वार्षिक रूपमा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। मंगलबार पत्रकार सम्मेलनको अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले खेलकुद क्षेत्रमा महानगरले सक्दो सहयोग गर्ने बताएका थिए।

उनले फुटबलमा पनि सहयोग गरेको र क्रिकेटमा त्यसैको निरन्तरता रहेको उल्लेख गरे। मंगलबार नै क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

सोही अवसरमा ललितपुरका मेयर चिरीबाबु, उपमेयर गीता सत्याल र प्रमुख प्रशासकीय अधिकृत कोइरालाले मेयर कप आयोजना गर्न क्यानका अध्यक्ष चन्दलाई २० लाख रूपैयाँको चेक हस्तान्तरण गरे। उक्त प्रतियोगिता चैतको पहिलो साता हुने बताइएको छ। काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सकिएलगत्तै महिलातर्पmको प्रतियोगिता आयोजना गर्ने क्यानको तयारी छ। ललितपुर मेयर कपमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्।

गत पुसमा सम्पन्न प्रधानमन्त्री कप महिला ट्वान्टी–२० क्रिकेटका सेमिफाइनलका चार टोली प्रदेश–१ ९च्याम्पियन०, एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै ललितपुर महानगरपालिकाको एउटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलबाहेकका टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी महानगरको टोली बन्नेछ। 

महानगरपालिकाकी उपमेयर सत्यालले यस प्रतियोगिताबाट महिला क्रिकेटको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। क्यानका अध्यक्ष चन्दले नेपालमा महिला क्रिकेटको सम्भावना रहेको उल्लेख गर्दै सहयोगी हातहरूको अभाव रहेको औंल्याए। 

प्रकाशित: २६ फाल्गुन २०७७ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App