४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यातायात मजदुरलाई मासिक प्रशिक्षण

संघीय राजधानी पूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ।

प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्छ: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।

संसदमा प्रमुख प्रतिपक्षले आफनो धर्म निभाउन सकेनः बिजुक्छे

सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्नेमा लाभका लागि प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्न पुग्नु दुर्भाग्यपूर्ण भएको उनले बताए।

बाबुराम भटराई छेपारो भन्दा वढी रंग फेर्ने नेताः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भटराई छेपारोले भन्दा वढी रंग फेर्दै हिड्ने नेता भएको टिपणी गरेका छन्। त्यस्ता नेतालाई राष्टपति बनाएर देशको हित नहुने उनको भनाई थियो।

इन्डियाले मान्दैन भनेर मन्त्रीहरु कारखाना बनाउन भनेपछि थर्कमान हुन्छन्ः बिजुक्छे

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे।

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

महाकाली नदीको धार नेपालतर्फ धकेल्ने कार्य तत्काल नगर्न नेमकिपाकाे माग

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले महाकाली नदीमा स्काय्भेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेल्ने कार्य तत्काल बन्द गरी हालसम्म भएका सबै काम अविलम्ब भत्काउन माग गरेको छ।

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।

भक्तपुर क्षेत्र नं २(ख) मध्यपुर थिमिमा नेमकिपा अग्रस्थानमा

भक्तपुर निर्वाचन क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ। मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यले अग्रता लिएका हुन्।

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्। हाम्रा लागि कुनै काम गरेका छैनन्। गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन। भाषण मात्रै ठूलाठूला काम भने गर्दैनन्। दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्।

चुनाव बहिस्कार आरोपमा माओवादी मजदुर पार्टी महासचिव राई पक्राउ

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव बहिस्कार गर्ने अभियान चलाउँने क्रममा मंगलबार सदरमुकाम गाईघाट बजारबाटै उनी पक्राउ परेका हुन्।

उल्टिएला नेमकिपाको गढ ?

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा भक्तपुर–१ को गणना नै गरिएको थिएन, कारण थियो, यो क्षेत्र नेपाल मजदुर किसान पार्टीले जित्छ भन्नेमा गठबन्धनमा रहेका दलहरू ढुक्क थिए।

त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते

झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।

राष्ट्रपतिले विधेयक नरोकेको भए देश सिक्किम हुन्थ्यो: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकको प्रमाणिकरण रोकेर राष्ट्रपतिले देशलाई सिक्किम हुनबाट रोकेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्